Loading...
विश्वकै सबैभन्दा गहिरो गल्छी जोखिममा

तस्वीर : हरिकृष्ण गौतमको फेसबुकबाट साभार 

म्याग्दी । विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाँजिर जवाफमा पटक–पटक सोधिने प्रश्न मध्ये एक हो। नेपालमा आधारभुत तहदेखी उच्च शिक्षासम्म अध्ययरत विद्यार्थीदेखी विश्वभर धेरैले यसको सजिलै एउटै जवाफ दिन्छन्–म्याग्दीको अन्धगल्छी।
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित अन्धगल्छीको विश्वभर चर्चा भइरहेको छ। गल्छीको अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटक समेत पुग्छन्। सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरउन्नतीको क्रममा मुख्य आर्कषक मानिएको भाग आधा पुरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ। उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्व तथा ४ नं प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजमा शर्मा गजुरमुखी जेभीले काम गरिरहेको छ।
‘गल्छी हेर्न गएका पर्यटक निरास भएर फर्कछन्। सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन’ वडा सदस्य हस्तबहादुर पुनले भने। उनले अन्नपूर्ण पदमार्ग,मुस्ताङको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्ने गरेको बताए। ‘साँघुरो गल्छी भएकाले पनि ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुन्छ। समयमै संरक्षणका लागि पहल आवश्यक छ’ उनले भने।
स्थानीयबासीले सिमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाएपनि बजेट अभावमा मर्मत हुन सकेको छैन। गल्छीको उचाई १३ सय मिटरदेखी २६ सय मिटरसम्म धौलागिरी र अन्नपूर्ण चुचुरोबाट ५५ सयदेखी ६८ सय मिटर तल पर्छ। विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत ब्याख्या गर्ने गरेका छन्।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads