Loading...
शक्ति बस्नेत मन्त्री बनेपछि जनार्दन र मणिलाई चिठ्ठा

काठमाडाैं । माओवादी केन्द्रको शनिबार बसेको पूर्व हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्चार्ज रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र ७ का इन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत् राखिएको छ । प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का वर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्री बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारबाही गरिएपछि पद रिक्त थियो ।
क–कसले पाए इन्चार्जको जिम्मेवारी ?
बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की (राम कार्की)लाई दिएको छ । २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश ३ मा शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads