Loading...
म्याग्दीका ५ जना नेपाल म्युजिक अवार्डमा नोमिनेसन

अमृत बास्कुने/इरुप्से


चाहना म्युजिकको आयोजना आगामी बैशाख १५ गते अवार्ड वितरण गरीने नेपाल म्युजिक अवार्ड–२०७५ का लागि म्याग्दी जिल्लाका पाँच जना कलाकारहरु विभिन्न विधामा नोमिनेसनमा परेका छन् । आगामी बैशाख १५ गते काठमाण्डौमा भव्य समारोहका बिच वितरण गरिने अवार्डका लागि म्याग्दी जिल्लाका प्रकाश पौडेल सर्वोत्कृष्ट गित, ध्रुव जिसी सर्वोत्कृष्ट नवगायक दोहोरी, कृष्टीना थापा नव मोडल आधुनिक गित तर्फ महिला, भुपेन बानियाँ नब मोडल आधुनिक विधा पुरुष, इन्दु बानियाँ नवगायिका आधुनिक गित तर्फ उत्कृष्ट पाँच जना भित्र पर्न सफल भएका छन् ।
म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै लोक दोहोरी गितमा विभिन्न जिल्ला पुगेका म्याग्देली गायक कलाकार प्रकाश पौडेल सर्वोत्कृष्ट गित तर्फ ‘डाली सुकेर’ बोलको गितका लागि सर्वोत्कृष्टमा नोमिनेसन भएका छन् । पौडेलका थुप्रै गितले विगत देखि नेपाली श्रोताको मन मुटुमा बास बस्न पाएका छन् । बेनी नगरपालिका–५ का पौडेल हाल धौलागिरी टेलिभिजनमा कार्यरत छन् । लेउन रुमाल लेउ, एकोहोरो हुदै थिए म, बिहेको रन्को, यस्तै ग¥यो धनले, आशु झरी रहे जस्ता चर्चित गित बजारमा ल्याएका पौडेलका झण्डै दुई दर्जन गित बजारमा आएका छन् । 
उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA  टाइप गरेर एक स्पेस छोडेर 35B  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । पौडेलको भोटीङ कोड 35B हो । 35B टाइप गरेर ३४३४३ मा म्यासेज गरेको खण्डमा पौडेलले भोट पाउने छन् ।
त्यस्तै म्याग्दीका अर्का गायक कलाकार ध्रुव जिसी सर्वोत्कृष्ट नवगायकको विधामा छनौट भएका छन् । म्याग्दीको मंगला गाउँपालिका –२ सल्यानका जिसीले ९ वटा गितमा स्वर दिएका छन् । उनले गाएका सबै जसो गितहरुले दर्शक तथा श्रोताको मन जित्न सफल छन् । लोभै लाग्दो जिउ बोलको गितमा पहिलो पटक स्वर दिएका जिसीको उक्त गितले पनि युट्युव तथा रेडियो र टेलिभिजनमा पनि निकै दर्शक श्रोताको माग पाएको छ ।
लोभै लाग्दो जिउको सफलता पछि उनले पञ्चेबाजामा सनाइ रोलाकी बोलको गितलाई बजारमा ल्याएका थिए । त्यस पछि ‘तिमि सँग बसेको दिल तिमि बिना जिन्दगी मुस्कील’ बोलको गितले बजार तताएको थियो । जिसीको यही गित सर्वोत्कृष्ट नव गायकको नोमिनेसनमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ  । जिसीलाई उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA  टाइप गरेर एक स्पेस छोडेर 10E  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । जिसीको भोटीङ कोड 10E हो । 10E  टाइप  गरेर ३४३४३ मा म्यासेज गरेको खण्डमा जिसीले भोट पाउने छन् ।
त्यसैगरी नवमोडलको आधुनिक गित तर्फको सर्वोत्कृष्टमा म्याग्दीका भुपेन बानियाँ नोमीनेसनमा परेका छन् । म्युजिक भिडियो निर्माण तथा सम्पादन तर्फ पाइला चालेका भुपनेलाई उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA  टाइप गरेर एक स्पेस छोडेर 6C  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । बानियाँको भोटीङ कोड 6C हो । 6C  टाइप  गरेर ३४३४३ मा म्यासेज गरेको खण्डमा बानियाँले भोट पाउने छन् ।
त्यस्तै म्याग्दीकै अर्की कलाकार हुन् कृष्टीना थापा । म्याग्दी जिल्लामा जन्मेर काठमाडौलाई कर्मक्षेत्र बनाएकी थापा नव मोडल महिला तर्फ नोमिनेसनमा परेकी छिन् । पछिल्लो समय म्युजिक भिडियोहरुमा निकै सक्रिय थापालाई उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA  टाइप गरेर एक स्पेस छोडेर 5A  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । जिसीको भोटीङ कोड 5A हो । 5A  टाइप  गरेर ३४३४३ मा म्यासेज गरेको खण्डमा थापाले भोट पाउने छन् ।
म्याग्दी जिल्लामा जन्मेर कला संगितको क्षेत्रमा लागेर नेपाल म्युजिक अवार्डको उत्कृष्ट ५ भित्र पर्न सफल अर्को नाम हो इन्दु बानियाँ । आधुनिक गित तर्फ उत्कृष्ट नव गायिकाको नोमिनेसनमा परेकी इन्दुलाई उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA टाइप गरेर एक स्पेस छोडेर 13E  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । जिसीको भोटीङ कोड 13E हो । 13E  टाइप  गरेर ३४३४३ मा म्यासेज गरेको खण्डमा बानियाँले भोट पाउने छन् ।
अाशा गरौं म्याग्देली सबै कलाकारले उत्कृष्ठ अर्वाड थाप्ने छन् आउँदो बैशाख १५ गते । त्यसका लागि सबैले अनलाइन तथा एसएमएस भोट गर्न भने नभुल्नु होला ।
अनलाइन भोटीङका लागि भोट गर्नको लागि आयोजक चाहाना मिडिया प्रा.ली.को आधिकारीकअनलाइन www.chahanamedia.com तथा www.tapaikokhabar.com अनलाइन पोर्टल मार्फत भोट गर्न सकिने समेत आयोजकले जानकारी दिएका छन् । नेपाल म्युजिक अवार्ड २०७५ अन्य विस्तृत जानकारीको लागि यस अवार्डको आधिकारीक अनलाइन www.nepalmusicaward.com बाट समेत जानकारी लिन सकिने आयोजकले जानकारी दिएका छन् ।

,

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads