Loading...
बैठकमा सासु–बुहारीको झगडा

काठमाडौं । निर्वाचन हार्नुका कारणबारे समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आरोप–प्रत्यारोपमा केन्द्रित भएको छ । निर्वाचन पराजयमा सभापति शेरबहादुर देउवाको भूमिकाबारे आरोपप्रत्यारोप चलेको हो ।
बैठकमा संस्थापन पक्षले वाम गठबन्धनलाई प्रमुख कारण मान्दै नेतृत्वको बचाउ गरेको छ भने संस्थापनइतर पक्ष नेतृत्वकै कमजोरीलाई प्रमुख कारण ठहर्‍याउँदै देउवाको गम्भीर आलोचनामा उत्रिएको छ । आजको कान्तिपुरदैनिकमा खबर छ–निर्वाचन हार्नुमा सम्पूर्ण दोष नेतृत्वलाई लगाउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन १३ र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चैत ९ को केन्द्रीय कार्यसमितिको बैठकमा पत्र प्रस्तुत गरेका थिए । त्यसपछि संस्थापन पक्षीय सदस्यहरू प्रतिवादमा उत्रिएका हुन् ।
पार्टी सभापतिको कार्यशैली नै पार्टी हार्नुमा प्रमुख जिम्मेवार रहेको कोइरालाको आरोप छ । वाम गठबन्धनदेखि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव, आर्थिक चलखेलका आधारमा राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्तिमा हस्तक्षेप, भागबन्डा र गुटका आधारमा टिकट वितरण, आर्थिक चलखेलका आधारमा स्थानीय तह र समानुपातिकमा उम्मेदवार छनोटजस्ता कारण पनि उनले उल्लेख गरेका छन् ।
त्यसअघि कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरेर नेतृत्वमाथि हमला हुन थालेको बताए । ‘कहीँ पे निगाहें, कहीँ पे निसाना’ भन्ने हिन्दीको एउटा प्रसंग उल्लेख गर्दै लेखकले भने, ‘नजर निर्वाचनमा पराजितको समीक्षा छ तर यहाँ एउटै व्यक्तिका टाउकामा सम्पूर्ण दोष थुपारेर महाधिवेशनको तयारी भइरहेको छ । नेतृत्वका टाउकामा मात्रै सम्पूर्ण दोष थुपार्ने अतिरञ्जना गरेर यस्तो काम नगरौं ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads