Loading...
गायिका अमृता श्रीपालको “गैरी गाउको मेला भिडियो सहित


अहिले जस्तो बिज्ञान र प्रबिधिको बिकास भर्इ नसकेको हाम्रो नेपाली समाजको एक समय माया पिरती र समाचारको सम्प्रेषण को माध्यम नै गाउघरमा लाग्ने मेला पर्व नै हुन्थ्यो।
यस्तै बिषय बस्तु समेटेर गायिका अमृता श्रीपालको “गैरी गाउको मेला” बजारमा आएको छ । पछिल्लो समय समाजले पचाउन सक्ने गीत खड्किरहेको बेला गायिका श्रीपालले पृथक मौलिकगीत बजारमा ल्याएकी हुन् । म्याग्दीबाट कलाकारिताको लागि राजधानी छिरेकी अमृताको यो नै पहिलो एल्बम भने होइन ।
एक दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर भरिसकेकी गायिकालाइ यस गीतमा गोर्खाली गायक रन्जित परियारले स्वरमा साथ दिएका छन ।
सुमन परियारको शब्द रहेको गैरिगाउको मेलामा गायक रन्जितले नै संगीत भरेका छन् । हजारौं म्यूजिक भिडियोहरुमा निर्देशन गरिसकेका निर्देशक शंकर बि.सि द्वारा निर्देशित यस म्यूजिक भिडियोमा अलिना देउजा , जि बि नेपाली र निशा पुरीको नृत्य रहेको छ ।
भावना म्यूजिक सोलुसनको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई माया पाउनेमा गायिका अमृता श्रीपाल बिश्वस्त छिन्।
भिडियो;

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads