Loading...
वाम एकिकृत पार्टीमा यी कमिटी बन्दैछ

काठमाडाैं । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने एकतापछि पार्टीमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीहरू कार्यकारी हुने गरी अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरिएको छ  ।
अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्रीय कमिटीभन्दा तल प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडा र प्रारम्भिक कमिटी रहने र केन्द्रीय कमिटीभित्र स्थायी समिति र पोलिटब्युरो अंगका रूपमा रहने गरी प्रस्ताव गरिएको छ ।केन्द्रमा सहअध्यक्षका रूपमा दुवै पार्टीका अध्यक्षले नेतृत्व गर्ने, तर पदाधिकारी नरहने तथा प्रदेश र स्थानीय कमिटीहरूमा पदाधिकारी रहने, तर दुई कि चारजना राख्ने भन्ने विकल्प छलफलका लागि प्रस्ताव गरिएको छ ।
केन्द्र र प्रदेशमा तीन आयोग र केन्द्रीय विभागहरू
कार्यदलले केन्द्र र प्रदेशमा केन्द्रीय अनुशासन, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने गरी अन्तरिम विधानको मस्यौदामा प्रस्ताव गरेको छ । केन्द्रीय विभागहरूसमेत राख्ने मोटामोटी समझदारी भए पनि नियमावलीबाट व्यवस्थित गर्ने दुवै दलको तयारी छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads