Loading...
दलित भएकै कारण पत्रकार मिलन र विक्रमलाई घर मालिकद्वारा दुर्व्यवहार


 २२ फागुन । दलित भएकै कारण दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुर्व्यवहार गरिएको छ । भाडामा लिइको कोठाबाटै निकालिएको छ ।
इमेज च्यानलका पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरु दिँदै दुर्व्यवहार गरेका हुन् ।
घटनाबारे जानकारी दिन मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको प्रहरीको जान लागेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा पत्रकार विक्रम सुनारले घर मालिक गौतम दम्पतीले दुई कोठा आफूहरुलाई दिएको र त्यसको अग्रिम भाडा दिएर आफूहरु फर्केको तर सर्ने दिनमा अरुनै बसिसकेको बताए । गौतम दम्पतीसँग कुरा गर्दा उल्टै आफूहरुमाथि दुर्व्यवहार भएको सुनारले जानकारी दिए । “दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी त्यही पनि तयार भयौं । अग्रिम भाडास्वरुप २५ सय दिएर सर्ने तयारी गर्‍यौं । सर्ने दिनमा त अरुनै कोठामा बसिसक्नु भएको थियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै उल्टै दुर्व्यवहार गरियो” विश्कर्माले पत्रकार सम्मेलनमा भने ।
फागुन ५ गते कोठा आफूहरुले लगेको र २० गते सर्नेबेला अरुलाई दिइसकेको उनले बताए । कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
दलित भएकै कारण आफूहरुमाथि दुर्व्यवहार भएको बताउँदै पत्रकार विश्वकर्मा र सुनारले दलित जातीय छुवाछुत तथा कशुर सजाय ऐन २०६८ अनुसार घर मालिक गौतम दम्पतीलाई कारवाहीको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा दलित अगुवा तथा अभियान्ता सरु सुनारले राजधानीमै दलित भएकै कारण पत्रकारमाथि दुर्व्यवहार हुनु चिन्ताको विषय भएको बताइन् । उनले पीडित पत्रकारलाई न्यायको लागि आफूहरु कानुनी प्रक्रिया अगाडि बढाएको र त्यसमा साथ सबैसँग आग्रह समेत गरिन् ।
आजै तीनकुनेस्थित प्रहरी वृतमा उजुरी दिने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads