माइक्रोबसभित्रै युवती बलात्कृत

आजको कान्तिपुर दैनिकमा खबर छ-ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ । १७ बर्षीया युवतीले सप्तरी सदरमुकाम राजविराजमा लिफ्ट मागेकी थिइन् ।
बस स्टाफले माइक्रोमा हालेर नेपाल भारत सीमा क्षेत्रनजिक छिन्नमस्ताको सखडा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सिरहाको भगवानपुर ९ का चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी ५ का खेमराज बैसे पक्राउ परेका छन् ।
मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो ।
Loading...
0 comments
Write Down Your Responses