Loading...
प्रधानमन्त्री ओलीलाई २०८ विश्वासको मत प्राप्त



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ । 
बैठकमा जम्मा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो ।  सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीले प्राप्त गरेको मत सांसदहरुको संख्याको बहुमत भएको बताउँदै उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले,माओवादी केन्द्र,राजपा, संघीय समाजवादी फोरम,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेपाली कांग्रेसका सांसदहरुले मत हालेका थिए । 
Source : ratopati

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads