Loading...
एमालेले नयाँ उठाए माओवादीले उपराष्ट्रपतिमा पुर्नविचार गर्ने

काठमाडौं । आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा नेकपा माओवादी केन्द्रले नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहो¥याउने पक्षमा देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँगको समझदारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पुनलाई नै दोहो¥याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा दाबी गरेको छैन ।
अाजको नयाँ पत्रिकामा खबर छ-‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीमा उपराष्ट्रपति दोहोरिने स्थिति छ,’ नेता जनार्दन शर्माले भने, ‘उपराष्ट्रपतिले विगतमा गरेको योगदानको मूल्यांकनलाई पनि ध्यान दिई कायमै राख्नुपर्छ भन्ने नै मत छ ।’ छोटो कार्यकाल भएकाले धेरै समय जिम्मेवारीमा नरहेको र राष्ट्रलाई पनि व्ययभार बढ्न सक्ने भन्दै अध्यक्ष प्रचण्ड पुनलाई नै दोह¥याउने पक्षमा देखिएका हुन् । उनको तयारीप्रति माओवादीभित्र कसैले पनि विरोध जनाएको छैन ।
एमालेले नयाँ उठाए माओवादीले पुर्नविचार गर्ने
एमालेले भण्डारीको विकल्पमा नयाँ उम्मेदवार उठाएको अवस्थामा भने माओवादी केन्द्रले पनि पुनर्विचार गर्ने भएको छ । ‘अहिलेसम्म पार्टीमा छलफल पनि भएको छैन, प्रधानमन्त्री र पार्टी अध्यक्षबीच दुवै पदमा दोह¥याउने सहमति भइसकेकाले कसैले आकांक्षा देखाउनुभएको छैन,’ एक नेताले भने, ‘तर एमालेले राष्ट्रपतिमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको अवस्थामा भने पार्टीले पनि उपराष्ट्रपतिमा अर्को उम्मेदवारको निर्णय गर्न सक्छ ।’
उपराष्ट्रपति पनि दोहोरिने मनस्थितिमा
आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा माओवादी नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहो¥याउने पक्षमा देखिएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहो¥याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा दाबी गरेको छैन । ‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित काम नगरेको हुनाले उपराष्ट्रपति दोहोरिने स्थिति छ,’ नेता शर्माले भने  ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads