Loading...
एकीकृत पार्टीमा आठ तहको कमिटी बनाउने तयारी

काठमाडाै । २२ फागुनमा बस्ने कार्यदल बैठकमा एकीकृत पार्टीको अन्तरिम विधान, केन्द्रीय कमिटी र जनसंगठन एकीकरणको नीति र विधिसम्बन्धी मस्यौदा प्रस्ताव पेस हुने एमाले सचिव गोकर्ण विष्टले बताए ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- उनका अनुसार मस्यौदामाथि छलफल सुरु भएपछि मात्र संख्याको पनि निक्र्याैल हुँदै जानेछ । ‘अहिलेसम्म संख्या र आकारको कुनै निक्र्यौल नै भएको छैन । मस्यौदाको खाका तयारीका लागि अनौपचारिक छलफलमै छौँ’, उनले भने, ‘२२ गतेको बैठकमा मात्र मस्यौदा पेस हुनेछ ।’
कार्यदलका तर्फबाट नेताद्वय बेदुराम भुषाल र वर्षमान पुनले अन्तरिम विधानको तयारी गरिरहेका छन् भने विष्ट र गिरिराजमणि पोखरेलले जनसंगठनहरूको एकीकरणसम्बन्धी नीति र विधिको गृहकार्य गरिरहेका छन् ।
सहअध्यक्षबाहेक पदाधिकारी नरहने
एकीकृत पार्टीको नेतृत्वमा दुवै शीर्ष नेता सहअध्यक्ष रहने सहमति ओली र प्रचण्डबीच भइसकेको छ । उनीहरूले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् । शीर्ष नेताहरूको सुझाबका आधारमा पदाधिकारी नराख्ने गरी संगठनसम्बन्धी कार्यदलले एकीकृत पार्टीको सांगठनिक ढाँचाको गृहकार्य गरिरहेको छ ।
तर, त्यसलाई मस्यौदाकै रूपमा ठोस रूप नदिइएको नेताहरू बताउँछन् । वरिष्ठ नेताको पद राख्ने–नराख्ने, मर्यादाक्रम कसरी तय गर्ने भन्नेबारे अनौपचारिक छलफल निष्कर्षमा पुगिनसकेको एक नेताले बताए ।
हामी अनौपचारिक छलफलमै छौँ : गोकर्ण विष्ट, एमाले सचिव
हामी मस्यौदा खाका तयारीका लागि अनौपचारिक छलफलमै छौँ । २२ गतेको कार्यदल बैठकमा मस्यौदा पेस हुनेछ । पार्टी र जनसंगठनका आकार र स्वरूप कस्तो हुने अहिले नै निक्र्योल भइसकेको छैन ।
आठ तहको कमिटी बनाउने तयारी
संघीय ढाँचाअनुसार एकीकृत पार्टीको सांगठनिक स्वरूप र संरचना मूल नेतृत्वसहित आठ तहको बनाउने तयारी कार्यदलले गरेको छ । जसअनुसार सहअध्यक्षबाहेक सबैभन्दा माथि स्थायी समिति, पोलिटब्युरो, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, महानगर-उपमहानगर-नगर, गाउँपालिका र वडा कमिटी बनाइनेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads