Loading...
फोरमका सचिव अजम्बर काङमाङ राई माओवादी केन्द्रमा प्रवेश गर्दै

 संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर काङमाङ राई नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।
नेकपा एमालेका पूर्वनेतासमेत रहेका राई शुक्रबार माओवादी केन्द्रको पेरिसडाँडा हुने एक कार्यक्रमबीच माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।
नेता राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गर्दैछन् । फोरम अध्यक्ष उपेन्द्र यादवनिकट एक नेताका अनुसार करिब एक वर्षदेखि राई पार्टीमा भूमिकालाई लिएर असन्तुष्ट रहँदै आएका थिए ।
राईले पार्टी छाड्ने कुराको अध्यक्ष फोरमको सचिवालयले पनि पुष्टि गरेको छ । यद्यपि फोरमका कुनै नेताले यसबारेमा औपचारिक रुपमा बोल्न चाहेका छैनन् ।
नेकपा एमालेको भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालका अध्यक्ष समेत रहिसकेका राई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी उपेन्द्र यादवको फोरममा विलय हुँदा केन्द्रीय सदस्यको हैसियतमा थिए । तर पछि उनले आफूलाई दिएको जिम्मेवारीमा असन्तुष्टि जनाएपछि सचिवको जिम्मेवारीमा बढुवा गरिएको थियो ।
राईले नेपाली कांग्रेसको समर्थन भोजपुर प्रदेश सभामा ‘क’ बाट चुनाव पनि लडेका थिए । तर उनी एमाले राजेन्द्र राईसँग नराम्ररी पराजित भएका थिए । फोरममा असन्तुष्ट रहेसँगै राईले पार्टीमा सक्रिय भूमिका पनि निर्वाह गर्न छाडेको फोरम अध्यक्षनिकट स्रोत बताउँछ । -अन्नपूर्ण पोष्ट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads