Loading...
‘पर्ख पर्ख मायालु’ हेरे १ करोडले

आगामी शुक्रबार रिलिज हुन लागेको छविराज ओझा निर्मित चलचित्र ‘मंगलम्’ को ‘पर्ख पर्ख मायालु‘’ गीत युट्युबमा एक करोड पटक भन्दा बढी हेरिएको छ । ‘छक्का पञ्जा’ को हिट गीत ‘देखन चम्पा सुनन चम्पा’ बोलको देउडा भाकाको गीत मार्फत चर्चाको शिखर चुमेका चर्चित संगीतकार दिपक शर्माको शब्द संगीत र एरेन्ज रहेको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ ।
नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मंगलम्’को ‘पर्ख पर्ख मायालु ले अर्गानिक १ करोड भ्यूज पाएको हो । गितले १ करोड भ्युअर पुरा गरेको अवसरमा राजधानीको अल्फाबेटा कम्प्लेक्समा एक भब्य समारोहकाबिच १ करोड पुगेको खुशियालीमा चलचित्र यूनिटले खुशीयाली साटासाट गरेको छ । सो अवसरमा चलचित्र यूनिट, चर्चित कलाकारहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
चलचित्रले पचार प्रसारमा ठूलो लगानी र मेहेनत भन्दा पनि यही दीपकको मेहेनतमा बनेको यही गीतका कारण ठूलो प्रचार प्रसार पाएर अहिले प्रर्दशनको तयारीमा रहेको छ । ‘मंगलम्’ मा पुष्पल खड्का र शिल्पा पोखरेल मुख्य कलाकार छन् ।
.

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads