Loading...
एंड्रोइड-पीको , आइफोन प्रयोगकर्ताहरूसम्म पुग्ने कोसिस

तपाईं यदि एंड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने मोबाइल चलाउनु हुन्छ भने त्यसमा एंड्रोइडको कुन भर्सन रहेको छ ? हाल बजारमा उपलब्ध नयाँ स्मार्ट फोनहरूमा पनि धेरैमा त अझै पनि ६.० मार्समेलो नै छ र अधिकतरले ७.० नुगटको अपडेट प्राप्त गरिसकेका छन्।
अहिले बजारमा उपलब्ध रहेको सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सन भनेको ८.० ओरियो हो। अहिलेका कतिपय फ्ल्यागसिप फोनहरूमा यो भर्सनको एंड्रोइड उपलब्ध रहेको छ भने कतिपय ब्रान्डहरूले धमाधम ओरियो अपडेट पठाइरहेका छन्।
हाल बजारमा उपलब्ध स्मार्ट फोनहरूमध्ये लगभग १.१ प्रतिशत मात्रै डिफल्ट ओरियो सिस्टमका साथ बजारमा आएका छन्। बाँकीले या त किन्नासाथ नै या केही समय पछि यसको अपडेट उपलब्ध गराएका हुन् र यो क्रम केही समय अझै जारी रहने छ।
हुन त ओरियो अपडेट प्राप्त भएको मोबाइल फोन लेटेस्ट नै हो तर गुगलले भने ओरियो भर्सनको उत्तराधिकारी कस्तो हुने भनेर निर्धारित गरिसकेको छ। आजसम्म गुगलले जति पनि एंड्रोइड भर्सनहरू सार्वजनिक गरेको छ सबै कुनै न कुनै खानेकुराको नामबाट छन् र त्यो पनि वर्नानुक्रम अनुसार।
यसपालि भने गुगलले सायद अल्फाबेट मात्रैबाट नयाँ अपरेटिंग सिस्टम सार्वजनिक गर्ने सम्भावना देखिएको छ र यस सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सनको नाम ‘एंड्रोइड-पी’ दिइएको छ।
प्रविधि समाचारहरूमा हाल यस सफ्टवेयरको ‘लुक’ बदल्ने काम भइरहेको र यसका माध्यमले गुगलले आइफोन प्रयोगकर्ताहरूलाई आकर्षित गर्न खोजेको छ।
एप्पलले आफ्नो नयाँ भर्सनको अपरेटिंग सिस्टममा ठुलो परिवर्तन नल्याउने समाचार आइरहेको अवस्थामा गुगलको यस कदमले उसलाई रणनीतिक फाइदा पुग्ने देखिन्छ।
गुगलको एंड्रोइड-पीमा मल्टिपल स्क्रीन सपोर्ट गर्ने भएकाले यसले प्रयोगकर्तालाई नयाँ अनुभव दिने विश्वास गरिएको छ। गुगलले एंड्रोइड-पीको पहिलो डेभेलपर प्रिभ्यु केही दिनमै सार्वजनिक गर्न सक्ने जनाइएको छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads