Loading...
स्कटल्याण्ड सामु नेपालको १ सय ५० रनको लक्ष्य



काठमाडौ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले ४७.४ओभरमा सबै विकेट गुमाउँदै १४९ रन बनायो ।

जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक बनाउँदै नेपाललाई सम्मानजक स्कोरतर्फ डोर्याए ।
टम सोलको बलमा क्याच आउट हुनअघि उनले ७५ बलमा ६३ रन बनाए ।

टस जितेर ब्याटिङ रोजेको नेपालको शुरुवात भने कमजोर रह्यो ।
नेपालले मात्र ३९ रनमा आफ्ना ५ विकेट गुमाउन पुग्यो ।

त्यसपछि पारसले सोमपाल कामीसँग मिलेर नेपालको इनिङ केही सम्हाले । रन आउट हुन अघि सोमपालले १८ रनको योगदान दिए भने युवा ब्याटस्म्यान रोहित कुमारले १५¬¬ रन बनाए ।

बसन्त रेग्मीले २४ को योगदान दिए ।

स्कटल्याण्डका लागि स्टुवार्ट विटिङहमले ३ तथा साफयान शरीफले २ विकेट लिए । अब स्कटल्याण्डले केहिबेरमा जवाफी बयाटिङ गर्नेछ ।
नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन ।

चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो ।

यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एकरएक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् ।
लिस्ट एमा पारसको हजार रन पूरा
कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डविरुद्ध अर्धशतक बनाउँदै कप्तान पारसले सो उपलब्धि हासिल गरेका हुन् ।
लिस्ट ए क्रिकेटमा ३० खेल्दै पारसले १ हजार ५४ रन बनाउन सफल भएका छन् ।

यसक्रममा उनले २ शतक र ७ अर्धशतक हिर्काएका छन् ।

उनको औसत ३६.३४ रहेको छ ।

कप्तान पारसले सन् २०१४ मा युएईविरुद्ध लिस्ट ए क्रिकेटमा डेब्यु गरेका थिए ।
सन् २००९ देखि उनी राष्ट्रिय टोलीको कप्तान रहेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads