Loading...
विमान दुर्घटनामा ४० को मृत्यु २२ घाइते


काठमाडौँ । त्रभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४० जनाको मृत्यु भएको नेपाली प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ३१ जनाको शव फेला परेको छ भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको छ
Source: ratopati 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads