Loading...
अब ‘एक्सन’बाट जनताको आकांक्षा सम्बोधन गरिनुपर्छ :प्रचण्ड


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले  शान्ति, स्थायित्व र सुशासनको पक्षमा सरकारले सिधै ‘एक्सन’ लिनुपर्ने बताएका छन् ।  
अब देश बनाउनको लागि भाषण हाेइन एक्सन लिनुको विकल्प नभएको  भन्दै प्रचण्डले त्यसका लागि वाम गठबन्धनको सरकारलाई अधिकार  भएको पनि बताए । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत रचानात्मक समर्थन रहने प्रतिबद्धता आइसकेको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिबद्धता र संकल्प पूरा गर्नको लागि एक्सनमा उत्रिनुको विकल्प नभएको बताए । 
आइतबार प्रधानमन्त्री ओलीलाई विस्वासको मत लिने सम्बन्धी छलफलमा भाग लिँदै प्रचण्डले यसअघि नै राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्दै ओलीलाई समर्थनको पत्र बुझाएको स्मरण गर्दै  अहिले औपचारिकता दिनमात्रै उपस्थित भएको बताए ।  
अब विकासको युग सुरु भएको बताउँदै प्रचण्डले विगतमा जस्तो पटक पटक प्रधानमन्त्री फेर्न नहुने धारणा राखे ।  विगतमा आफूले ८  नेतालाई कुनै रुपमा प्रधानमन्त्री बनाउने भूमिका खेलेको स्मरण गर्दै प्रचण्डले  भने, ‘मलाई विभिन्न समयमा गरी ८ वटा प्रधानमन्त्री बनाउने अवसर प्राप्त भएछ ।’ उनले ठट्टा गर्दै  थपे, ‘अब कति वटा बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्ने सम्म भयो । कतिलाई सिधै पार्टी अध्यक्षको रुपमा प्रस्ताव गरेँ त कतिलाई सिधै प्रस्ताव समेत गरेँ ।’
प्रधानमन्त्री ओलीले जुन प्रतिबद्धता र संकल्प गरेका छन् त्यो  देश बनाउने र भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा महत्वपूर्ण हुने भन्दै त्यसमा आफ्नो  पूर्ण साथ र समर्थन रहेने बताए । 
देशमा स्थायित्व र विकासका लागि नै वाम गठबन्धन बनाएको बताउँदै प्रचण्डले  साझा उम्मेद्वार तय गर्दै स्थायित्वको लागि मत माग्दा जनताले पनि विश्वास गरेको बताए ।
‘देशमा स्थायित्वका लागि   वाम गठबन्धन बनाएर साझा उम्मेदवार तय गर्दै चुनावमा गएका थियौं ।  हामीले  विश्वासको मत जनतासँग मागेका थियौं । जनताले पनि आफ्नो मत अभिमत जाहेर गरिसकेका छन् ।’ उनले स्थायित्वको लागि सरकार रहेकाले पार्टी र व्यक्तिगत रुपमा ओली सरकारप्रति गहिरो विस्वास रहेको समेत बताए । 
पटक पटक एक्सनमा जोड दिएका  प्रचण्डले भने, ‘यो देशमा अराजकता, वेथिति र विकृति होइन । अब विकासको युग हुनुससपर्छ भनेर नै जनताले मत दिएको हो । अब एक्सनबाट जनताको आकांक्षालाई सम्बोधन गरिनुपर्छ ।’
उनले ओलीले   भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिने आशा    व्यक्त गर्दै राज्यका सबै अंगमा हुने गरेका ढिलासुस्ती र  अनियमितता विरुद्ध पनि कदम चाल्ने विस्वास व्यक्त गरे । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads