Loading...
पार्टीको केन्द्रीय कमिटीमा ६०/४० अनुपात हुने

काठमाडाै । दुवै पार्टीका अध्यक्ष सुरुमा एकीकृत पार्टीको कमिटीको संख्या दुई अंकको राख्न सकारात्मक थिए । तर, माओवादीको स्थायी समिति सदस्यको संख्या नै ८३ सदस्यीय भएकाले त्यस्तो संरचना सम्भव नभएको निष्कर्षमा दुवै पार्टीका नेता पुगेका छन् ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- जबकि एमालेको स्थायी समिति पदेन–१, आमन्त्रित–३ सहित २६ सदस्यीय मात्र छ भने पोलिटब्युरो ६६ सदस्यीय छ । त्यसैले दुवैलाई मिलाएर केन्द्रीय कमिटीको आकार दुई अंकमा सिमित गर्न धेरै जटिलता देखिएको कार्यदलको निष्कर्ष छ ।
‘यही जटिलताका कारण अब १ सय ५० सदस्यीयसम्म होइन, एमालेका सबै केन्द्रीय सदस्यहरूको घटुवा नहुने गरी माओवादीबाट बढीमा ४० प्रतिशत थपेर ३ सय ५० सदस्यीयसम्मको केन्द्रीय कमिटी बनाउने मुडमा धेरै नेता देखिनुभएको छ’, एक नेताले भने, ‘दुवै पार्टीका नेता घटुवा हुँदा असन्तुष्ट भएर अन्त कतै जाने वा निष्क्रिय बन्ने स्थिति नबनोस् भन्नेतर्फ कार्यदलका नेताहरूको विशेष ध्यान गएको छ ।’
यद्यपि, ओली र प्रचण्डसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सकभर १ सय ५० जनाको केन्द्रीय कमिटी बनाउने पक्षमा छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads