Loading...
विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको पोस्टमार्टम गर्न ४ दिन लाग्ने

 साेमवार भएकाे युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्युभएकामध्ये २४ शवको  पोस्टमार्टम भएको छ ।
मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबारबाट पोस्टमार्टम तथा परीक्षण गर्न थालिएको थियो ।
अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर प्रमोद श्रेष्ठले  (आज) बुधबार साँझ सम्ममा २४ शवको पोस्टमार्टम सकिएको जानकारी दिए । उनले लोकान्तरसँग भने, ‘अबको २ दिन जतिमा सबै (मृतक ५१ जनाको) शव परीक्षण गर्न सकिएला ।’ 
डाक्टर श्रेष्ठका अनुसार विमान दुर्घटनामा दिवंगत भएका व्यक्तिको शव परीक्षण तथा पोस्टमार्टमका लागि १५ जना चिकित्सकको टोली खटिएको छ । 
सोमबार भएको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । जसमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन् । परीक्षणसहित सबै प्रक्रिया पूरा गरी आफन्तजनलाई बुझाउन अब चार दिनको समय लाग्ने शिक्षण अस्पतालले जनाएको छ । 
दुर्घटनामा घाइते २१ जना मध्ये तीनजना उपचार परि घर फर्किका छन् भने १८ जनाको केएमसी, नर्भिक, ग्रान्डी, मेडिसिटी र ओम अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads