Loading...
ओमनमा एकता समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी


दुर्गा गिरी,मस्कट ओमान

मानव तस्कर विरुद्धको हाम्रो अभियान" भन्ने मूल नारा सहित यहि आउँदो २७ अप्रिल २०१८ मा ओमान नेपाली एकता समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय सम्मेलन हुँदैछ।
अहिलेको विश्व व्यापिकरणको युगमा स्वदेश तथा प्रदेशमा बढ्दो मानव बेचबिखन तथा ओसारपसार क्रियाकलापले प्रवासी श्रमजीवी मजदुरहरुलाई घर न घाट,वल्लो खोला न पल्लो तिर बनाईरहेको अवस्थामा ती र त्यस्ता दलालहरुको विरुद्धमा र मानव बेचबिखन तथा ओसारपसार गर्ने मेनपावर खारेज समेत गर्न ओमन नेपाली एकता समाज एकजुट हुन सबैलाई अपिल पनि गर्दछ।

'मे' 'डे' अर्थात मे फस्ट (१ तारिक ) पर्ने अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर हुने गईरहेको राष्ट्रिय सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष, सर्वोच्च संघियता विरोधी नेता , पूर्व उपप्रधानमन्त्री सहकारी तथा गरिब निवारण मन्त्री कमरेड चित्र बहादुर के सी आउने भएका छन।कमरेड के सीको प्रमुख अतिथ्यता रहने सो सम्मेलनको बन्दसत्र केहि दिन अघि भई घोषणा तथा खुल्ला सभा उक्त दिन हुने केन्द्रिय अध्यक्ष कमरेड छबिलाल बस्नेतले बताएका छन।
साथै सो सम्मेलनका विशिष्ट अतिथी अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव कमरेड शोभाकान्ता लामिछानेको प्रवास बसाईको अन्त्य गर्दै स्वदेश फिर्तिको बिदाई कार्यक्रम पनि हुने केन्द्रिय महासचिव इन्द्र लाल खनालले जानकारी दिएका छन ।

सम्मेलन ओमानका क्रियाशिल संस्थाहरुले कार्यक्रम गरिरहने चिरपरित अलरिफ होटल गोब्रामा बिहान ११ बजेदेखि हुने भएको छ। साथै प्राप्त जानकारी अनुसार सम्मेलनको लागि सबै क्षेत्रबाट धमाधम भव्य तयारी भैरहेको छ।
ओमनमा यत्रतत्र छरिएर हरेक कुना कुनामा श्रम गरेर बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु ,बुद्धिजीविहरु, पत्रकारहरु,क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधि , कार्यकर्ता , सदस्य , शुभचिन्तकहरु ,कलागलाका पारखिहरु र छुटेका सबै -सबैलाई उपस्थितिको लागि ओमन नेपाली एकता समाज हार्दिक- हार्दिक अपिल पनि गर्दछ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads