Loading...
म्याग्दीमा क्षयरोगका २५ जना बिरामीहरु भेटिए


चालु आर्थिक वर्ष २०७४÷७५ को फागुन महिनासम्म म्याग्दी जिल्लामा क्षयरोगका नयाँ २५ जना बिरामीहरु भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र विभिन्न स्वास्थ्यचौकीमा उपचार सेवा लिन आउँदा परीक्षणका क्रममा क्षयरोगका बिरामी पत्ता लागेका हुन् । 
चालु वर्षको ८ महिनाको अवधिमा भेटिएका २५ जना क्षयरोगीमध्ये १४ जनामा सर्ने र ११ जनामा नसर्ने खालको भेटिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गत आर्थिक वर्षमा म्याग्दीमा ७५ जना क्षयरोगका संक्रमित भेटिएकोमा ३५ जनामा सर्ने र ४० जना नसर्ने खालका रहेको जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग सुपरभाइजर मनिस महतोले जानकारी दिनुभयो । 
नेपालको कुल जनसङ्ख्याको ४५ प्रतिशतमा क्षयरोगको संक्रमण देखिएको तथ्याङ्क रहेको छ भने त्यसमध्ये पनि ६० प्रतिशत बयस्कहरुमा यो रोग देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा ४४ हजार मानिसहरु क्षयरोगबाट ग्रसित रहेपनि नेपालमा ३४ हजार मात्रै रोगीहरु भेटिएको हुँदा १० हजार अझै पत्ता लाग्न सकेको छैन । नेपालमा वार्षिक ५ देखि सातहजार मानिसहरु क्षयरोगबाट मर्ने गरेका छन्भने दैनिक २० देखि २५ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । 
विश्वभरी १ करोड ४ लाख मानिसहरु क्षयरोगबाट पीडित बनेका छन्भने प्रत्येक वर्ष ९६ लाख थपिने गरेका छन् । क्षयरोगबाट पीडितहरुमध्ये ९० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । क्षयरोगबाट मात्रै विश्वमा वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको छ । अनुपात अनुसार १ ः २ को आधारमा महिलामा एक र पुरुषमा दुई जनामा क्षयरोग देखिने गरेको छ । यो रोग (माईक्रो व्याक्टेरियम त्गदभचअगयिकष्क) नामक किटाणुबाट लाग्ने गर्दछ । क्षयरोग लागेका बिरामीको श्वासप्रश्वास, हाछ्युँलगायतका माध्यमबा वर्षमा थप १० जनामा यो रोग सर्ने गर्छ । गर्भवती महिलामा पनि क्षयरोग लागेको भएमा बच्चालाई सर्ने सम्भावना हुन्छ । नेपालको जनस्वास्थ्यको क्षेत्रमा क्षयरोग प्रमुख समस्याका रुपमा रहेको छ । 
प्रताप बानियाँ

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads