Loading...
वेष्ट पोइन्टमा दिक्षान्त समारोह

न्यु वेष्ट पोइन्ट आवासिय माध्यमिक बिद्यालय बेनीमा विद्यार्थीहरु दीक्षित भएका छन् । विद्यालयको बाल बिकास तहको युकेजी तह पुरा गरेर आधारभुत तह कक्षा १ मा जान थालेका ११७ जना विद्यार्थीहरु विद्यालयको अडिटोरियममा सम्पन्न एक कार्यक्रममा दीक्षित भएका हुन् ।
कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुका अभिभाबक, शिक्षक अभिभाबक संघ, बिद्यालय ब्यबस्थापन समिति, एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष समेत रहेका अभिभावक रेशम छन्त्यालले वेष्ट पोइन्टको बाल बिकास तहको स्तर अत्यन्तै प्रभावकारी र स्तरीय रहेको बताए ।
उनले विद्यालयले शिक्षा संगै बाहिरी ज्ञानलाई समेत प्राथमिकता दिएकोमा उत्साहित भएको बताए । कार्यक्रममा युकेजीका ४ वटा सेक्सन सेक्सन बाट ८ जना विद्यार्थीहरुले मन्तब्य ब्यक्त गरेका थिए । त्यसै गरि प्रार्थना सभा लगायतका कार्यक्रममा सहजीकरण गर्ने कक्षा ८ र ९ मा अध्ययन गर्ने जुनियर क्याप्टेन हरुलाई समेत सम्मान र बिदाइ गरिएको छ ।
बाल विकास तह कि संयोजक आसा रोकाको संचालन युकेजी कि छात्रा हौसला बस्नेतको स्वागत मन्तब्य र युकेजि कै छात्रा अनोमल सुनारको अध्यक्षतामा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले राइम्स, गीत समेत प्रस्तुत गरेका थिए विद्यालयले हरेक वर्ष यसरी दिक्षान्त समारोह आयोजना गर्दै आइ रहेको छ। वेस्ट पोइन्ट आवासिय माध्यमिक विद्यालयको बाल विकास तहमा (नर्सरी देखि युकेजी ) तीन विद्यार्थीहरु अध्ययन गरिरहेका छन । बेनीअनलाइन

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads