Loading...
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो


विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ जना घाइते

काठमाडौं । बंगलादेशको यूएस बंगलाको विमान दुर्घटनामा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।  महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार घाइते २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । २२ मध्ये ११ नेपाली उपचारका क्रममा रहेका छन् ।
विमानबाट ४० जनाको शव निकालिएको र अन्य ९ जनाको उपचारमा क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको त्रिवि शिक्षण अस्पतालमा र अन्य ८ जनाको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । शवहरुलाई पोष्टमार्टमका लागि वीर र शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 
घाइतेको नर्भिक, अन्नपुर्ण न्युरो, ग्राण्डी, ओम र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । चालक दलका ४ सदस्यसहित ७१ जना सवार विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी नागरिक, चीन र माल्दीभ्सका १/१ जना सवार थिए । ३३ जना नेपालीमध्ये १५ जना मेडिकल विद्यार्थी र १६ जना ट्राभल एजेन्सीका कर्मचारी तथा अन्य २ जना रहेको प्रहरीले जनाएको छ ।
Source : baahrakhari

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads