Loading...
राष्ट्रिय द- लिड सशक्त युवा समूह दाङमा गठन






फाल्गुन २३ / राष्ट्रिय द-लिड सशक्त युवा समूह नेपालको संगठन बिस्तार का क्रममा दाङ जिल्ला ईन्चार्ज उमा देवी नेपालीको अध्यक्षतामा बसेकाे भेलाले करन परियारकाे अध्यक्षतामा १३ सदस्यीय तदर्थ कमिटी गठन भएको छ । जसमा खेलाडी ,पत्रकार,पुर्व लडाकु, युवा क्लवका युवा,सामाजिक अभियान्ता र सामाजिक न्यायका लागि केही गराै भन्ने युवाहरूको सहभागीता रहेको थियाे ।राष्ट्रिय द- लिड सशक्त युवा समूह नेपालको राष्ट्रिय संयोजक तिलक वि. सि. काे प्रमुख अथिति मा साझा पेटि का जिल्ला संवाददाता ,नयाँ शक्ति का दिल श्रीपाली,महिला नेतृ सरस्वती विककाे आतिथ्यमा करण परियारले कार्यक्रम संचालन गरेका थिए ।
साथै देशव्यापी रुपमा विभेद विरुद्धका सबै खाले घटनाको बारेमा सरकारले पिडकलाई सर्वश्व सहित जन्मकैद गरि पिडितकाे न्याय , सुरक्षा र स्वास्थ उपचारर शिक्षा निशुल्क गरि यस्तो खालका हिंस्रक घटना नदाेरिन का लागि तत्कालै नयाँ कार्यनिति ल्याई अनिवार्य कार्यन्वयन गरिनु पर्दछ भन्दै देश व्यापी रुपमा घटेको हत्या ,हिंसा बलात्कार ,छुवाछूत ,विभेदको घटनाहरुको घाेर भर्सना गर्दै राज्यको ध्यानाकर्षण गराएको छ । नयाँ गठन भएको समितीले आउँदा दिनमा जातीय विभेद विरुद्ध सक्रिय भएर लाग्ने अध्यक्ष करण परियारले बताए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads