Loading...
मोना ओमन द्वारा आयोजित अन्तर नेपाली भलिबल प्रतियोगिता भब्यताको साथ सप्पन्न







पूर्ण विश्वकर्मा
ओमन /  म्याग्दी प्रवासी संघ (मोना ) ओमन द्वारा आयोजित भलिबल प्रतियोगिता मार्च ०९ तारीख शुक्रबारको दिन ओमनको मस्कट गोब्रा पावर पलान्ट खेल मैदानमा सम्पन्न भएको थियो उक्त प्रतियोगितामा म्याग्दी प्रवासी संघ, तमु समाज, गुल्मी समाज, बाग्लुङ समाज,नेस्टो ,ठकुरी समाज, मगर समाज,लुलु क्लब,नवलपरासी समाज, CCC ओमनमा सक्रिय विभिन्न संघ सस्था तथा क्लब टिमको सहभागिता रहेको थियो संस्था स्थापन पछि मोनाले पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गरेको हो फाइनल खेल लुलु क्लब/ दर्शन ठकुरी बिच भएको थियो दर्शन ठकुरीलाई एकको विरुद्ध दुइ सेट आफ्नो हात पार्दै लुलु क्लब प्रथम हुन सफल भएको थियो

प्रथम हुने टिमले नगद ८१ ओमनि रियल, कप, मेडल प्रमाणपत्र प्राप्त गर्यो,दृतिय हुने टिमले नगद ६१ ओमनि रियल, कप, मेडल प्रमाणपत्र साथै उत्कृष्ट खेलाडीको पुरस्कार मिलन ठकुरीले पाए ओमनमा रहेका संघ सस्थाको बाक्लो उपस्थितमा खेल निकै प्रतिस्पर्धा रोचक भएको थियो १० टिम सहभागि उक्त प्रतियोगिता बिहान करिब बजे सुरु भएको थियो भने फाइनल खेल बेलिकीको करिब . ३० मा सम्पन्न भएको थियो उक्त खेल हेर्न बेलुकी सम्मै नेपाली दर्शकहरु उल्लेख्य रुपमा उपस्थित थिए  
पुरस्कार वितरण प्रमुख अतिथि एन आर एन सोसल क्लबका ओमनका अध्यक्ष दिपक श्रेष्ठ,संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा,सल्लाहकार प्रेम गरुङ्ग,उपाध्यक्ष गणेश चोखाल,उपाध्यक्ष धनबहादुर छन्त्यालले गर्नु भयो कार्यक्रम संचालन गणेश चोखालले गर्नु भएको थियो

भलिबल प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न, संस्थाका वरिष्ठ सल्लाहकार एन आर एन ओमनका कोषाध्यक्ष सेवन्त पुर्जा, याम रोका,रामचन्द्र केसि ,सम्मर खत्री , हरि घिमिरे , अमृत चोखाल ,तोपेन्द्र खत्री,राज पुन, मगर संघका सदस्य चित्र रोका,तमु समाज ओमन,बाग्लुङ सेवा समाज लगाए विभिन्न संस्था,व्यक्तिलाई संमान पत्र खादाले सम्मान गरेको थियो

 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads