Loading...
सेक्स बन्धनमा फसेका डोनाल्ड ट्रम्प

काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति हुन डोनाल्ड ट्रम्प । अघिल्लो वर्ष बहुमत पाएर सत्तामा पुगेको अनुदारवादी नेता । तर, अहिले यिनै ट्रम्प सत्ता सञ्चालनमा भने ढुक्कसँग बस्न सकेका छैनन् । आलोचनामाथि आलोचना हुँदै आएका ट्रम्पका कैयन सहयोगीले राजिनामा दिएका छन, कतिपय हटाइएका छन । विश्वस्तरमा उनको आलोचना बढदो छ । समर्थनको ग्राफ घटिरहेको छ ।
र, कार्यकाल सुरु भएदेखि नै उनी फसकेका छन त्रिकोणीय जालमा । जसको एकातिर उनको सेक्ससँग जोडिएको विगत छ, अर्कोतर्फ निर्वाचनमा रुसी जासुसी संस्थासँगको संलग्नता र पैसाका लागि अमेरिकी अर्बपतिहरुसँगको साँठगाँठ । संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल ‘ग्र्याण्ड जुरी’ गठन गरेको छ । राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रुससँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन्।
कुनै बेला धनी कसरी बन्ने भन्ने पुस्तक लेखेर चर्चा बटुलेका ट्रम्पले एकताका निकै चर्चा बटुले । पैसा भएपछि त्यसले उन्मुक्त जीवनशैलीको खोजी गर्छ । ट्रम्प पनि यसबाट अछूतो रहन सकेनन् । उनको पनि कैयन पेशेवर यौनकर्मीसँग सम्पर्क भएको रिपोर्टहरु सार्वजनिक भयो । कतिपय यस्ता समाचारको ट्रम्पले खण्डन गरे ।
तर अहिले भने उनी एकजना पूर्व यौनकर्मीलाई सेक्स घटनामाथि चुप लाग्न पैसा दिएको र धम्क्याएको आरोपमा ठूलो विवादमा फसेका छन् ।
स्टोर्मी डेनियल नाम गरेकी ती यौनकर्मीलाई चुप रहन उनका वकिल मार्फत करोडौं रकम अफर गरिएको कुरा अहिले फेरी चर्चामा आएको हो । ट्रम्प सहयोगीले यसको खण्डन गरेपनि यौनकर्मीका वकिल भने चुप लागेका छैनन् । ट्रम्पलाई यो निल्नु न ओकल्नु बनेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads