Loading...
राष्ट्रिय सभाका सदस्यलाई शपथको बाटो खुल्यो


यसअघिको अन्तरकालिन आदेश खारेज गर्दै सर्वोच्चले अर्थमन्त्री युवराज खतिवडा लगायतका तीन सदस्यलाई शपथको बाटो खुला गरेको हो । न्यायाधीशद्वय केदार चालिसे र सारदा घिमिरेको इजलालले बुधवार यसअघिको अन्तरकालिलन आदेश खारेज गरेको हो ।
काठमाडौं २३ फागुन– सर्वोच्च अदालतले राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेका तीनजना सदस्यलाई शपथको बाटो खुला गरिदिएको छ । 
यसअघि न्यायाधीश प्रकाश राउतको एकल इजलासले तीनजनालाई तत्काल शपथ नगराउन आदेश दिएको थियो । तीनजनाको नियुक्ती सम्बन्धी मुद्दा संवैधानिक इजालसमा गएको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिश गरेका गोपाल बस्नेत लगायतले सर्वोच्चमा रीट दायर गरेका थिए ।
 खतिवडासहित रामनारायण विडारी विमलाले शपथ अब लिन सक्ने छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads