Loading...
प्रतिनिधि सभाको सभामुखमा कृष्णबहादुर महरा निर्वाचित

नेकपा माओवादीका कृष्णबहादुर महरा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको सभामुखका लागि निर्विरोध निर्वाचित भएका छन् । तर, घोषणा भने भोली हुनेछ ।
महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिएन । कांग्रेसले उम्मेदवारी नदिने भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध सभामुख भएका छन् ।
सभामुखको निर्वाचन फागुन २६ गते हुँदैछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads