Loading...
महराले दिए माअ‍ोवादी केन्द्रबाट राजीनामा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएको बताएका छन् । उनले यसअघि नै आफुले माआवादी केन्द्रबाट राजिनामा दिएको बताएका हुन।
बुधबार आयोजित पत्रकार भेटघाटमा महराले आफूले गत फागुन २७ गते नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताए । उनले सभामुखको जिम्मेवारी लिएपछि पार्टीको जिम्मेवारीबाट बिदा लिएका हुन् ।
सभामुख महराले आगामी वैशाखको अन्तिम साता शुरु हुने संसदको अधिवेशनलाई प्रभावकारी बनाउन आफुले तयारी गरेको बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads