Loading...
प्रचण्डले निजी विद्यालयलाई दिए यस्तो चेतावनी

चितवन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताए । ‘निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ,’ उनले भने, ‘सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।’
शिक्षा नीतिमा आमूल सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए । शिक्षा नीति ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण हुनुपर्ने सुझाव दिँदै उनले सीधै रोजगारी सिर्जना गरेर विकास गर्ने शिक्षा नीति बन्नुपर्ने बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads