Loading...
घर बिहिन जङ्गलमा बस्दै आएका विश्वकर्मा परिवार द्वारा घर बनाइदिन सहयोगको अपिल


इरुप्से ड्टकम / सम्भु रसाली 

पाल्पा जिल्ला, तानसेन नगरपालिका कुनसरेमा एउटा परिवार जङ्गलको बिचमा बस्दै आएका छन् । परिवार छ तर परिवार बस्ने बाँस छैन । खाने गास छैन ।
आकाशमुनिको बाँस छ, बाँस सम्म पुग्ने बाटो छैन । शरीर त छ, काम गर्नलाई हात छैन । खुट्टा छ हिड्नलाई शक्ति छैन । दुई बालक छन तर उनिहरुको भविष्य छैन । साहास त छ कहिले सम्म बाच्ने हो आस छैन । आपत बिपतमा बचाउने समाज छैन । कति बेला जंगली जनावरको सिकार हुने हो थाह छैन । माथिको पिडा तानसेन कुनसरे निबासी ४५ बर्षको अपाङ्ग बल बहादुर बिश्वकर्मा ३ सन्तान बाबुको हो । काम गर्न हात छैन । हिडडुल गर्न खुट्टा छ, घाउ भएकै कारण शक्ति छैन । बिगत एक दशक देखि जङ्गलको बिचमा उनको श्रीमती सहित तीन अबोध बालक पशु सरहको जिन्दगी बिताउन बाध्य भएका छन, अहिलेसम्म त्यो परिवारले सहयोगी हात पाइएको छैन । 
श्रीमतिले मेलापात र सालको पात टिपेर बेच्ने काम गर्छिन । त्यहिबाट जति पैसा आउँछ त्यसैले ५ जनाको परिवार चलाएकी छिन । हामिले सोधपुछ गरेका थियौं तपाईले कमाएको पैसाले खान पुग्छ भनेर ।


यस्तो छ घरवारविहीन परिवारको भनाई 
" एक्लैको कमाईले खान त के पुग्थ्यो र जति पुग्छ त्यति नै खाने हो, छोरा छोरिले कहिले काहीँ माथी गाउमा गएर मागेर खाने गरेका छन" । हामीले पाएको बेलामा पेट भरेर खान्छौ नभए भोकभोकै बस्नुपर्‍यो अरु के नै गर्न सकिन्छ र हाम्रो समस्या कस्ले बुझिने खै यस्तो घरमा बस्दा कस्तो हुन्छ तपाईंहरुलाई भनी राख्नु परेन ।

"यहाँ नबसेर कहाँ जानू अन्त कतै जाने ठाउँ छैन, जाडोमा त त्यति गारो हुदैन बर्खामा पानीले धेरै दुख दिन्छ । कहिले काहि, न त खान पाइन्छ नत सुत्न । सहयोगिहरुले सानो भएपनी घर बनाइदिए हाम्रो लागि भगवान आए झै हुने थियो " । तपाइको बच्चाहरुलाई यदि कुनै सस्थाले लगेर पढाइदिन चाहयो भने के गर्नु हुन्छ ? उनले जवाफ यसरी दिएकी थिइन । "यहा पनि स्कुलले सुल्क लिन्न वर्षको एक जोर कपडा दिन्छ, हामीलाई आवश्यकता भनेको घर हो घर भएमा बच्चाहरुलाई पनि यहि पढ्नको लागि सहयोग पाउन पाए हुने थियोे । जेठो छोरा १३ बर्षको भयो पढ्न पाएन । बस्नलाई बास छैन खानलाई गाँस छैन त्यही कारणले होला ट्याक्टर को खलासी भएर आफ्नो जीवन रक्षाको निम्ति घर छोड्न बाध्य भएछन । 


सानो छोरा ८ वर्षको भयो कक्षा १ मा पढ्छ । छोरी ५ वर्षकी छिन म सङ्गै हिड्छिन । गास, बाँस र कपासको अभाब कै कारण यी बालकहरुले पनि आफ्नो दाजुले जस्तै घर छोडेर हिड्ने हो कि भन्ने पिर लाग्छ ।
एउटा ब्यक्ती बिरामी भयो भने, बिरामी बचाउ अभियान चलाइन्छ कसैको हत्या भयो भने, त्यही हत्याको नाममा बिश्वभरी आर्थीक सङ्कलन गरिन्छ । कसैको नारा जुलुसमा मृत्यु भयो भने सहिद उपाधी सहित राज्यले लाखौ रकम दिने गरिन्छ ।
हजारौ संघ सस्था छन, सबै वकालतमै ब्यस्त छन । बल बहादुर जस्ता वास्तविक पिडितको वकालतको नाममा लाखौ तलब खाने ब्यक्तिहरु आफ्नै जिन्दगी सपार्न रात दिन ब्यस्त छन तर यिनिहरुको बारेमा सोच्ने कोहि छैनन् । दुई धुर्मुश सुन्तली हजारौं घर बनाउन सफल भए, चाहाना भए गर्न सकिन्छ भन्ने उदाहरण हो । 

माथिका सबै कुराहरु यस फाउन्डेसनका सदस्य शम्भु रसालीले प्रत्यक्ष भेटघाटको आधारमा तयार पारिएको रिपोर्ट हो । 


विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्डको हार्दिक अपिल


विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड पनि यो परिवारको लागि सानो घर बनाउने योजना बनाएर तपाईहरुको सामु आएका छौ । पीडित बल बहादुरको छोरा छोरिको राम्रो अध्ययनको लागि केही गर्न चाहन्छ, केबल साथ चाहिएको छ हजुरहरु हाम्रो उनिहरुको लागि हजुरको सानो सहयोगले पानी, चिसो र जंगली जनावरको सिकार हुनबाट बचाउन ठुलो सहयो गर्ने छ । हामि सबै सम्बन्धि पक्ष सङ्ग उहाको घर बनाउने अभियानमा जुट्न हार्दिक अपिल गर्दछौ । अहिले बलबहादुर विश्वकर्मा लाई बनाउन लागेको घर हाम्रो लागि बीउ घर बन्न सक्ने छ र यहि घरले हजारौ, लाखौ घर जन्माउने छ । जति सकिन्छ त्यति सहयोग गरौ । हाम्रो त घर छ घर नहुनेलाई घर बनाउने वातावरण बनाउ ।

अध्यक्ष
कृष्ण गहतराज
बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड फाउन्डेशन ।
बेलायत

सहयोग गर्न इच्छुक समस्त दाजुभाइ तथा दिदिबहिनीले भावको बैंक खाता सम्पर्क:

नेपालमा सहयोग पठाउनु परेमा भाव फाउन्डेसन
Account Number
BHHAWF
Global IME Bank
A/c 39070100004458

यस्को विस्तृत जानकारी BHHAWF को Viber, Facebook, website मा सहयोग रकमको जानकारी दिइनेछ ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads