Loading...
गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान

काठमाडौं–गुण्डा नाइके गणेश  लामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।  जिल्ला अदालतका काठमाडौंमा  लामा माथि भएको थुनछेकको बहसपछि  हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी  केदारनाथ शर्माले पुपक्षका लागि जेल पठाउने  आदेश दिएका हुन् । 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार  लामाविरुद्ध सकिएको थुनछेकको बहसपछि प्रजिअले सो आदेश दिएका हुन् । उनलाई आदेशसँगै  डिल्लीबजार कारागार पठाइएको छ । 
गत फागुन ३० गते लामा काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो । 
उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads