Loading...
वैज्ञानिकहरुले बनाए अदृश्य लुगा, उपकरणले पनि देख्न नसकिने




वैज्ञानिकहरुले अदृश्य लुगा बनाएको दावी गरेका छन् ।
समुन्द्री जीव ‘स्क्विड’को गुण स्वभावबाट प्रेरित भएर वैज्ञानिकहरुले एउटा यस्तो पोशाक तयार पारेका छन, जसले आफूद्वारा प्रतिबिम्बित हुने तापको तरिकामा परिवर्तन गर्न सक्छ । यो पोशाकलाई राती र ससाना कुरा पनि हेर्न सकिने उपकरणले समेत देख्न नसकिने उनीहरुको दावी छ ।
यो सौम्य र पातलो कपडा तान्दा या बिजुलीबाट चालु गर्दा १ सेकेण्ड भित्रै आफ्नो सतहलाई निकै कडा या खुम्च्याउन सक्छ । कपडाको यो विशेषताका कारण इन्फारेड दृष्टि उपकरणहरुबाट पनि यसलाई पत्ता लगाउन सकिँदैन ।
अमेरिकाको क्याल्फोर्निया विश्वविद्यालयका प्रोफेसर एलन गोरोडेट्स्कीले उक्त पोशाकका बारेमा जानकारी दिएका हुन ।
यो आविस्कारले सेनालाई लुक्न विशेष फाइदा पुर्याउने बताइन्छ । यसका साथै अन्तरिक्ष यानहरुका लागि उत्तम इन्सुलेसन उपलब्ध गराउन, भण्डारणका लागि राम्रा भाँडा (डिब्बा बनाउन), आपतकाल शिविर, खनन र हिटिङ तथा कुलिङ सिष्टम निर्माणमा पनि सहायक हुन सक्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads