Loading...
जनप्रगतिशिल मञ्च ओमन र प्रवासी मञ्चले मे दिवस सयुक्त मनाउने


इरुप्से ड्टकम / चैत्र २३ गते शुक्रबारको दिन अध्यक्ष उमेश वि कको अध्यक्षतामा जनप्रगतिशिल मञ्च ओमनको बैठक मस्कट स्थित रुसेल गार्डन् मा सम्पन्न भएको छ । १ महिना पहिला जनप्रगतिशिल मञ्च द्वारा आयोजना गरिएको बन भोज कार्यक्रमको समिक्षा गर्दै बैठकले विभिन्न निर्णय गरेको जनाएको छ । पछिल्लो समयमा ओमन स्थिति नेपाली महिला कामदारहरुमा दिन प्रति दिन विभिन्न समस्यामा परेको खबर आएका छन । 

कतिपय घटना जनप्रगतिशिल मञ्च,अन्य विभिन्न संघ संगठन,नेपाली दूतावासको सयुक्त पहलमा उद्दार पनि भएका छन । समस्या कम होला भन्दा झन बढेको अनुभुती भएको छ । यस विषयमा जनप्रगतिशिल मञ्च ओमनले यस संस्थाका सचीव नेपाल फर्कने समयमा नेपाली महिला कामदारको सुरक्षाको लागि नेपाल सरकार समक्ष ज्ञापनपत्र पत्रकार सम्मेलन गरि बुझाउने निर्णय गरेको छ । बैठकमा प्र . उपाध्यक्ष हेम आचार्य, दृतिय . उपाध्यक्ष चक्रमान तामाङ, उपाध्यक्ष कमला तामङ्ग, महासचिव सचिब रामसिङ्ग तामाङ्ग,सह सचिब धनबहादुर छन्त्याल, केन्द्रिय सदस्यहरु सुरेश बराइली, याम बहादुर सुनारी मगर, विक्रम तामाङ्ग,विशाल सुब्बा,सुबास चन्द, लगायत उपस्थित अन्य केन्द्रिय सदस्य सबैले अहिले महिला दिदिबहिनीहरुले भोगेको समस्याको बारेमा बहस र छलफलमा केन्द्रित रहेका थिए । 



मञ्चका संरक्षक सल्लाहकार तथा ओमन पार्टी शाखा अध्यक्ष पदम प्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । बैठकले आगामी मे दिवस एमाले निकट भातृ संगठन संग सयुक्त मनाउने निर्णय गरेको थियो । पार्टी एकता संगै भातृ संगठनको एकता सहज होस् भन्ने उद्देश्यले मे दिवस संगै मनाउन लागेको जनाएको छ । बैंककको संचालन सचीव पूर्ण विश्वकर्माले गरेका थिए । बैठकमा उठेको विभिन्न समस्याको जवाफ दिदै अन्त्यमा अध्यक्ष उमेश विश्वकर्मा द्वारा बैठक समापनको भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads