Loading...
दलालहरुविरुद्ध आवाज उठाउदा एनआरएनए साउदीका आइसिसी सदस्य धरम केसिलाई संगठनबाट निष्कासन

साउदी । संगठनको छत्र छाँयामा बसेका दलालहरुविरुद्ध आवाज उठाउदा एनआरएनए साउदीका आइसिसी सदस्य धरम केसिलाई संगठनबाट निष्कासन गर्न सिफारिस गरिएको छ ।
गैर आवासीय नेपाली संघ साउदी अरेबियाले अाफ्नो तर्फबाट आईसिसी सदस्यमा मनोनित सदस्य केसीलाई एनआरएन साउदीको पदीय जिम्मेवारीबाट मुक्त गर्दै आईसिसी सदस्यबाट समेत पदमुक्त गर्न साउदीले पत्रसहित सिफारिस गरेको हो ।
केहि समय अघि मात्रै दलालहरुविरुद्ध समाचार लेखेको भन्दै एनआरएन कुबेतका अध्यक्षद्वारा नेपाल पत्रकार महासघ कुबेत शाखाका अध्यक्ष माथि निर्घात कुटपिट गर्दा खाडीमा बिवादास्पद बनेको एनआरएन अन्तत फ़ेरि एक पटक चरम विवादमा फसेको छ ।
‘एनआरएन एनसिसी साउदीमा दलालहरुको हाबी भयो साथिहरु बहकिएर अबैध र अनाधिकृत दुश्कर्ममा लागेका छन, जसलाई म बिधान व्याख्या समितिकाे फैसला पछि स्पस्ट पार्नेछु’ उनले भने । बैदेशिक रोजगारिका प्रमुख गन्तब्य मुलुकहरूः मलेसिया, कतार, युएर्इ र कुवेतमा अहिले “मानव तस्कर”को उपाधीले बदनाम भएको छ । म्यानपावर ब्यवसायीहरू ती देशका एनअारएनएका अध्यक्ष रहेका छन, अब यहां दलालहरूका पनि दलालहरू हावी भएका छन । ढिलो चांडो सकभर दलालहरू नै नभए पनि तिनका चम्चाहरू अर्थात दलालका पनि दलालहरूलार्इ नै यो संस्था सुम्पिने भरपूर कसरत अहिले उत्कर्षमा छ यसै विषयलाई बाहिर ल्याउन खोज्दा आफुमाथि हुँदै नभएको आरोप लगाएर संगठनबाट नै निकाल्ने प्रयास भै रहेको केसिले खबरडबलीलाइ जानकारी दिएका छन ।
‘एनसिसी साउदीले कोषको दुरूपयोग गर्यो । टिकट काटेर पीडितलार्इ नउडार्इ टिकट तथा सो को खरिदमा खर्च हुन गएको ठूलै धन राशी र नेपाल पुगिसकेका मानिसको फेरी यहां टिकट काट्न खर्चिने निर्णयहरू भएका थिए, जुन गल्तीहरूलार्इ सच्याउन लेखा परिक्षकको प्रतिवेदनले समेत ध्यानाकर्षण गराएको थियो । मैले पनि दबाव दिएको थिएं । साथै धर्मनाथ पासवानको केशको अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि उनीहरू नांगिदै लज्जित बन्न पुगेका थिए, त्यही रिस अहिले म माथि पोख्दैछन तर म सधै सत्यको पछ्यमा छु ढिला होला तर जित सत्यकै हुन्छ’ उनले खबरडबलीसँग भने ।
यता एनआरएन साउदीले केसिलाइ पदिय जिम्मेवारी बाट हटाउने निर्णय गरेसँगै सो निर्णयको चौतर्फी रूपमा बिरोध सुरु भएको छ । मजदुर हितमा लागि संगठनको बिधान अनुसार इमानदार भएर काम गर्न केसिलाइ हटाउनु निन्दनीय भएको भन्दै एनआरएनले अब दलालहरुको खुलेर संरक्षण गर्न लागेको आरोपसहित सामाजिक संजाल मार्फत बिरोध सुरु भएको छ ।
source : khabardabali 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads