Loading...
मृगौला पीडीतलाइ यसरी संकलन गरियो रकम

देवेन्द्र घर्ती

म्याग्दी जिल्ला मालिका गाउपालिका ०५ मगरदाङ निवासी राम प्रसाद घर्ती रानाको बर्ष ४५ कि  दुबै मृगौला  पीडित श्रीमती नरु घर्ती राना जो फिस्टेल हस्पिटल पोखरामा  हप्ताको दुई पटक डाईलोसिस गराउदै आउनु भएको छ  । उहाको  उपचारार्थ सुर्यमुखी युवा क्लब मालिका गाउपालिका ०५ देबिस्थान घरथोकले नरु घर्ती रानाको उपचारमा सहयोग पुर्याउने हेतुले आयोजना गरेको चन्दा संकलन अभियानबात  संकलित रकम रु २ लाख ४५ हजार १सय ९१ रुपैयाँ  क्लबका सचिब श्री दिल बहादुर राना क्लबका सकृय सदस्यहरु धन बहादुर घर्ती दिप, उमादेबी घर्ती को उपस्थितिमा  मिर्गौला पीडित नरु घर्ती रानालाई हस्तान्तरण गरेको छ ।
ककसले दिए त सहयोग
दोहा कतारमा रहेका क्लबका सदस्यहरू बाट रु ५० हजार १० रुपैया  मोना पोर्चुगल र देबिस्थान वासिहरु मोना पोर्चुगल का सचिब खगेन्द्र गौचन कोषाअध्यक्ष नानी सिंथानी राना ,नारायन पुन र पबहादुर फगामी लगायत सम्पुर्ण म्याग्देलीहरुको साथ र सहयोगमा संकलित रकम रु १ लाख ९५ हजार १ सय ८१ रुपैयाँ ।
क्लबले सहयोग गर्नु हुने सम्पुर्ण मनकारी व्यक्तिहरु प्रति क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै अन्य मनकारी व्यक्तिहरुलाई पनि नरु घर्ती रानाको जीवन रक्षाको लागि मुठ्ठी फुकाएर सहयोग गरिदिनहुनको लागि क्लब परिवार हार्दिक अनुरोध गर्दछौ । थप   जानकारिको लागि बिरामिकि छोरी सुना घर्ती  ९८२१३०४८८२
क्लबले यसअघि पनि  अभियानबाट  संकलित रकम रु २ लाख १९ हजार ७ सय ५१ रुपैया हस्तान्तरण गरेको थियो ।
क्लब मार्फत  रु १० हजार
अमेरिकामा रहनु भएका क्लबका सल्लाहकार ,समाजसेवी द्वय तिर्थ र प्रेमा घर्ती मगरले अमेरिकामा रहनु भएका म्याग्देली लगायत अन्य नेपालीहरु संग समन्वय गरि १ लाख  ८७ हजार १ सय ५१ ।
क्लब सदस्य खिम राना ९ हाल मलेसियाबाट ५,५००
क्लब सदस्य बिजय बुढा मगर हाल मलेसियाबाट १० हजार
देबिन्द्र मिरा फगामी  बेनिबाट २,०५५
भरिमा फगामी मगरदाङ बाट५ ०००

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads