Loading...
नयाँ वर्षमा राजेन्द्रको पिरती मिसाउने

यो मायाँको छैन निकोचाल, सोच आँखा बन्द गरेर, सालैजो तथा जवानीमा धक्काको सफलता पछि म्याग्दी बरंजाका राजेन्द्र सापकोटाले नयाँ वर्षको उपलक्ष्यमा नयाँ गित पिरती मिसाउने लिएर आएका छन् ।  राष्ट्रिय लोक तथा दोेहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीका अध्यक्ष समेत रहेका सापकोटा लामो समय देखि लोक दोहोरी गितको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
फुर्के डोरी चौवन्दी चोली मनको कुरा थाहा हुन्न नबोली निर पिरती मिसाउनी दिलखोलेर बोल्न मन लाएको छ निर कोही छन् कि रीसाउने ? ठेट शब्द र गाँउ घरमा बोलीने शब्दलाइ गितको माध्यम बनाउने सापकोटाले म्याग्दी चितवन सम्पर्क मञ्चको नामबाट विगतमा लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । पोखरालाइ कर्म क्षेत्र बनाएर साँगितिक दुनियामा होमीएका सापकोटाको पिरती मिसाउने गितलाइ एकै दिनमा १ लाख भन्दा धेरैले युट्युबमा हेरेका छन् ।

सारथी म्युजिक प्रालिले बजारमा ल्याएको सापकोटाको गितमा राजेन्द्र सापकोटा र पूर्णकला बिसीको स्वर रहेको छ भने कस्तुप पन्तको शब्द तथा संगित रहेको छ । गितको म्युजिक भिडियोमा शंकर विसी, प्रकाश सपुत र रिना थापाको अभिनय रहेको छ भने म्युजिक भिडियोको शंकर विसीले निर्देशन गरेका छन् । म्युजिक भिडियोको छायांकन दुर्गा पौडेल, सम्पादन नविन घर्तिमगरले गरेका हुन् भने दृष्य निर्माण कृष्ण फिल्मस् एण्ड एड्भटाइजीङले गरेको छ । गितको अडियो तथा भिडियो निर्माण सारथी म्युजिक प्रालिले गरेको छ । 

गितको म्युजिक भिडियो हेर्न यहाँ जानुहोस



गितको बारेमा थप जानकारी

Sarathi Music Presents :- कस्तुप पन्त को रचना संगीत मा राजेन्द्र सापकोटाको "जवानी मा धक्का" २ "पिरती मिसाउनी" Song:- Pirati Misauni Vocal:- Rajendra Sapkota & Purnakala Bc Lyrics:- Kastup Panta Music:- Kastup Panta Audio/video:- Sarathi Music Pvt. Ltd. Director:- Shankar Bc Cinematographer:- Durga Paudel Editor:- Nabin Gharti Magar Artists:- Shankar BC, Prakash Saput & Rina Thapa Magar Post Production:- Krishna Films & Advertising

,

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads