
कालिका मन्दिरमा भक्तजनको भीड
बुधबार, चैत्र २३, २०७३ मा प्रकाशित
बागलुङ, २३ चैत - एक सातादेखि शुरु भएको चैतेदशै मेलामा सयौं भक्तजन र आन्तरिक पर्यटकले बागलुङ खचाखच भएको छ । ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको यो मेलाले देशभरका धार्मिक विश्वास गर्नेहरुलाई आर्कषण गरेको छ । सातादेखि संचालनमा आएपनि मंगलवार चैतेदशैंको अवसरमा सयौंले कालिकाको दर्शन गरेका छन् ।..