
नासाले सार्वजनिक गर्यो बृहस्पतीका नयाँ तस्वीर
मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित
काठमाडौँ, २१ भदौ – अमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका नयाँ तस्वीर सार्वजनिक गरेको छ । जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु नासाले जारी गरेको हो । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ ।..