
उपत्यकाका संवेदनशील स्थानमा सिसी क्यामरा थपिने
मङ्लबार, पुस १०, २०७५ मा प्रकाशित
महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ । प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो ।..