
मर्स्याङ्दीको भेल उर्लिएपछिको कहालीलाग्दा ती चार दिन !
बुधबार, असार ९, २०७८ मा प्रकाशित
यसोदा गैरे ग्रेट फल्स किताबका केही पेजहरु पढ्न बाँकी थिए । जेठको अन्तिम दिन सोमवार रातिको ९ बजे एक कप मरिच चिया बनाएर आज जसरी पनि सिध्याएर सुत्ने भनि पढ्दै थिएँ । एक्कासी बत्ती झ्याप्प गयो । वाइफाइ भने बिहानैदेखि जाने आउने गरिरहेकोले सोचेँ दिनभर पानी परेकोले केही भयो । अनि एक हप्ताअघि..