प्रदेश

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन

शनिबार, अशोज १५, २०७९ मा प्रकाशित

प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् भएको छ । सदरमुकाम बेनीमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।..

एमाले म्याग्दीले असोज २५ गतेदेखि निर्वाचन अभियान सुरु गर्ने

बुधबार, अशोज १२, २०७९ मा प्रकाशित

नेकपा एमाले म्याग्दीले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनको प्रचारप्रसार कार्यक्रम यही असोज महिनाको आउँदो २५ गतेदेखि जिल्लाभर सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागि चुनाव प्रचारप्रसार कार्यक्रम सुरु गर्न लागिएको हो । आज (आइतबार)..

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो

आइतवार, अशोज ९, २०७९ मा प्रकाशित

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु वेष्ट पोइन्ट आवासीय माविमा हिँजो (शनिवार) बृहत खेलकुद महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले ट्र¥याकतर्फका खेलकुदका फाइनल खेलहरु कवाज ड्रिल तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि..

सामुदायिक सेवा केन्द्र तथा प्रहरी शाखाको अध्यक्षमा शाही

आइतवार, अशोज ९, २०७९ मा प्रकाशित

देवी जिसी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको शनिबार बेनीमा सम्पन्न १२औं साधारणसभा तथा आठौं अधिवेशनले पशुपति शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा दिलु घताने, सचिवमा नारायणकुमार बराल, कोषाध्यक्षमा गंगामाया पुन र सहसचिवमा अनिता भण्डारी..

स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीलाई समस्या

आइतवार, अशोज ९, २०७९ मा प्रकाशित

जिल्ला कारागार कार्यालय म्याग्दीमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको भए पनि पछिल्लो दुई वर्षदेखि रिक्त हुँदा कैदी बन्दीहरुलाई सास्ती भएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको २५ पुरुष र ७ महिला गरी ३२ जनाको क्षमताको कारागारमा अहिले १९ बन्दीसहित ८३ पुरुष र २ महिला गरी ८५ जना कैदी बन्दी..

जनकल्याण मावि पुलाचौरमा अभिभावक भेला तथा विविध कार्यक्रम (फोटोफिचर)

आइतवार, अशोज ९, २०७९ मा प्रकाशित

प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा हिँजो (शुक्रवार) अभिभावक भेला तथा विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर अभिभावक भेला, सामाजिक परीक्षण, पुरस्कार वितरण एवं विविध सांस्कृतिक..

राजु बिष्टलाइ पितृ शोक

शनिबार, अशोज ८, २०७९ मा प्रकाशित

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु बिष्ट)का पिता झ्याङ छोसाङ विष्टको  निधन भएको छ । अध्यक्ष बिष्टका पिताको निधन भएको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले पुष्टि गरेको छ । गाउँपालिकाले सामाजिक सञ्जाल फेसबुक मार्फत बिषतको पिताको निधन भएको र निधनले गाउँपालिका परिवार..

मगर विद्यार्थी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

बिहिबार, अशोज ६, २०७९ मा प्रकाशित

नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको भोली ( शुत्रबार ) देखि सुरु हुने दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पु¥याईएको छ । पोखराको रंगशाला गेट अगाडी रहेको मगर संघको सभाहलमा आयोजना हुने अधिवेशनका लागि प्रचार प्रसार, आर्थिक संकलन, आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, खानाका लागि मेस व्यवस्थापन, प्रतिनिधि..

निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमी प्रथम

बिहिबार, अशोज ६, २०७९ मा प्रकाशित

म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमी प्रथम भएको छ । १५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका..

नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्न सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी !

बुधबार, अशोज ५, २०७९ मा प्रकाशित

अमृत बास्कुने नवजात शिशु एवम् गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य बुझ्नका लागि अन्नपूर्ण गाउँपालिका भित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरू सुत्केरी आमाको घरघरमै पुग्ने गरेका छन् । अन्नपुर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम लिएर स्वास्थ्यकर्मीहरू घरमा..




sidebar ad
Loading...