प्रदेश

स्वास्थ्य कार्यालयद्वारा म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परीक्षण

शनिबार, जेष्ठ २१, २०७९ मा प्रकाशित

‘बाल स्वास्थ्य कार्यक्रम’ भन्ने मूल नारासहित स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य चेकजाँच एवं उपचार गरिएको हो..

तारा एअरकाे पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

शुक्रबार, जेष्ठ २०, २०७९ मा प्रकाशित

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ । एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो । यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा–मुस्ताङको टिकट..

वडाध्यक्षलाई महिला सदस्यले मञ्चबाट तानेर निकालेपछि…

बिहिबार, जेष्ठ १९, २०७९ मा प्रकाशित

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढालाई मञ्चबाट लछारपछार गर्दै निकालिएको छ । हिजो दिँउसो भएको पहिलो तथा विशेष गाउँसभाबाट उनलाई तानेर निकालिएको हो । नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष बुढालाई नेपाली काँग्रेसबाट निर्वाचित वडा महिला सदस्य भीमकुमारी पुनले मञ्चबाटै..

महिला अधिकारको सुरक्षा तथा महङ्गी नियन्त्रणको मागसहित ज्ञापनपत्र बुझाइयो

सोमवार, जेष्ठ १६, २०७९ मा प्रकाशित

नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आज (सोमबार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हक तथा अधिकारको सुरक्षा तथा बढ्दै गैरहेको महङ्गी नियन्त्रण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो । चौथो राष्ट्रिय महिला अधिकार..

सार्बजनिक सरोकारका विषयमा परेको रिटमा निर्माण सम्पन्न सिफारिस नहुँदासम्म सडक हस्तान्तरण नगर्न अन्तरिम आदेश जारी

सोमवार, जेष्ठ १६, २०७९ मा प्रकाशित

सार्बजनिक सरोकारका विषयमा परेको रिटमा उच्च अदालत तुलसीपुरले निर्माण कार्य सम्पन्नको सिफारिस नहुँदासम्म सडक हस्तान्तरण नगर्न जेठ १३ गते विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षीत र बबिता उप्रेतीको संयुक्त इजलासले मदन भण्डारी सडक खण्ड..

बेनी नगरकार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सोमवार, जेष्ठ १६, २०७९ मा प्रकाशित

हिमाली जिल्ला म्याग्दीको एकमात्रै नगरपालिका बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरुमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी हुनुभएको छ । बेनी नगरपालिकामा गठबन्धन दलले शतप्रतिशत सफलता प्राप्त गरेको छ । बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारमा दलित वा अल्पसङ्ख्यकतर्फ..

म्याग्दी बालगृहलाई लायन्स क्लबद्वारा शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग

शनिबार, जेष्ठ १४, २०७९ मा प्रकाशित

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा पढाऔं अभियानअन्तर्गत आज (शुक्रवार) शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग भएको छ । क्लबको पढाऔं अभियानअन्तर्गत नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री पोशाक तथा खाद्यान्न सहयोग गरिएको हो । लायन्स क्लबले पढाऔं..

बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीच अन्तत्र्रिmया, आउँदो १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

शुक्रबार, जेष्ठ १३, २०७९ मा प्रकाशित

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (शुक्रवार) सदरमुकाम बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाले सुरु गर्न लागेको नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविरको पूर्वसन्ध्याको अवसर पारेर अन्तत्र्रिmया गरिएको हो..

मिलन म्याग्दीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

शुक्रबार, जेष्ठ १३, २०७९ मा प्रकाशित

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मिलन म्याग्दीले हिँजो (बिहीबार) सम्मान गरेको छ । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापनका साथै सम्मान गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित..

बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा

बुधबार, जेष्ठ ११, २०७९ मा प्रकाशित

शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी म्याग्दीको बेनीमा सकिएको छ । स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सपोर्टमा समीक्षा गोष्ठी सञ्चालन गरिएको हो । बहिरङ्ग..



sidebar ad
Loading...