
बाढीपहिरो प्रभावित सुत्केरी महिला तथा बालबालिकालाई सहयोग
मङ्लबार, भदौ २, २०७७ मा प्रकाशित
पोषण र झोलुङ्गे पुल निर्माणको क्षेत्रमा क्रियाशील संस्था मिलन म्याग्दीले बाढी पहिरोबाट प्रभावित तथा विस्थापित महिला, बालबालिकाहरुलाई सहयोग गरेको छ । मिलन म्याग्दी अन्तर्गतको विपद् व्यवस्थापन विभागको संयोजनमा आर्थिक सङ्कलन गरी राहतस्वरुप उनीहरुलाई पोषणयुक्त खानेकुरा र कपडालगायत सहयोग गरिएको हो..