प्रदेश

सूचना नदिनेलाई कारवाही गरिने

शनिबार, भदौ ४, २०७३ मा प्रकाशित

बागलुङ, ४ भदौ - प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्ने र उनीहरुको फोटो सहितको नाम नराख्ने कार्यालय प्रमुखलाइ कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा आयोजित राष्ट्रिय सूचना दिवश समारोहमा बोल्दै..

बागलुङमा गाईजात्रा पर्व मनाईयो

शनिबार, भदौ ४, २०७३ मा प्रकाशित

बागलुङ, ४ भदौ - गाईजात्रा पर्वको दिन बागलुङ सदरमुकाममा १ वर्ष पहिला दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै गाईजात्रा प्रदर्शन गरियो । विशेष गरि नेवार समुदायले मनाउने गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायमचा बनाएर नगर परिक्रमा गरिएको छ । मृत्यूलाई स्वभाविक र शास्वत..

४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

शनिबार, भदौ ४, २०७३ मा प्रकाशित

बागलुङ, ४ भदौ - हिमालयन क्लाइमेट इनिसेटिभ नामक गैरसरकारी संस्थाको अगुवाइमा बागलुङको विभिन्न विद्यालयका बालबालका लाइ छात्रवृत्ति दिइएको छ । सद्भाब छात्रवृत्ति नाम दिइएको छात्रवृत्तिमा बिदेशीको सहयोग बिनानै नेपालीले नेपालीलाइ दिइएको हो । बागलुङ नगरपालिकाका कालिका कन्या मावि र विश्वकर्मा उमाविका..

सडकका चार बालक हिमालयन लाईफको जिम्मामा

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

 बागलुङ, ३ भदौ- सेभ द यूथ नेपाल र जिल्ला खेलकुद विकास समिति बागलुङको सक्रियतामा सडकबाट झिकेर सुधारका लागि पुर्नस्थापना केन्द्र बागलुङमा राखिएका चार बालबालिकालाई शुक्रवार हिमालयन लाईफ पोखराको जिम्मा लगाइएको छ । जिल्लास्थित बिभिन्न कार्यालयको सहयोगमा नयाँ जिवन पुर्नस्थापना केन्द्रमा राखिएका चार..

चट्याङ लागेर दुई कृषक घाईते, ७२ भेंडा मरे

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

म्याग्दी, २ भदौ-म्याग्दीको गुर्जामा चट्याङ लागेर दुई कृषक घाइते भएका छन् भने ७२ भेंडा मरेका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका हुन् । ७ कृषकको ७२ वटा भेंडा मरेको गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर..

नेविसंघको चुनावमा बागलुङका २ जना विजयी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भदौँ - नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी सघंको ११ औ राष्ट्रिय महाधिवेशनबाट बागलुङका दूई बिद्यार्थी नेता राष्ट्रिय राजनीतिमा उदाएका छन् । प्रदेश नम्बर ४ बाट उपाध्यक्षमा डिल्लीराम सुवेदी र सहमहामन्त्रीमा हरिहर शर्मा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवै..

पेशागत सुरक्षा महासंघको मुख्य दायित्व– डा. विष्ट

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भाद्र - नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजिवि पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । ढोरपाटन दैनिकको १३औं वार्षिकोत्सवको अवसरमा बागलुङमा बुधवार आयोजित कार्यक्रममा बोल्दै बिष्टले साना लगानीकर्ता र श्रमजिवि पत्रकार पलायन..

मुस्ताङमा स्याउ उत्पादन सात प्रतिशतले घट्यो

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

मुस्ताङ, २ भाद्र - गत हिउँदमा कम हिउँ परेकाले मुस्ताङमा यसवर्ष स्याउको उत्पादन घटने भएको छ । समयमा हिउँ नपरेको, लामो सयमसम्म खडेरी तथा जिजीना मथ नामको कीराको आक्रमणका कारण फूल र पात नष्ट हुँदा गत वर्षको तुलनामा सात प्रतिशत उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा गतवर्ष..

जलाधार क्षेत्रको संरक्षणमा ५१ लाख बढी लगानी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

म्याग्दी, २ भाद्र - जिल्लाको भकिम्ली गाविसमा जलाधार क्षेत्रअन्तर्गत विभिन्न कार्यक्रममा साढे ५१ लाख रुपैयाँभन्दा बढी रकम लगानी भएको छ । जिल्ला भू–संरक्षण कार्यालय, स्थानीय उपभोक्ता र भकिम्ली गाविसमार्फत कुल ५१ लाख ५२ हजार ७४३ रुपैयाँ बराबरको जलाधार क्षेत्रको संरक्षणमा लगानी गरिएको हो । ‘स्थानीय..



sidebar ad
Loading...