प्रदेश

भारतिय सुरक्षाकर्मीको गोलीले नेपालीको मृत्यु

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

कञ्चनपुर, २७ फागुन - कञ्चनपुरको पुर्नवास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप..

ऋण काढेर ७ वर्षमा ७ किमी सडक

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

पर्वत, २७ फागुन - जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले १८ लाख रूपैयाँ ऋण र चन्दा खोजेर गाउँसम्म सडक पु¥याउन बाध्य भएका छन् । उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काढेर सडक निर्माण गर्न बाध्य भएका..

विद्यार्थी संगठनले बनाए विद्यालयमा अस्थायी टहरा

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

म्याग्दी, २७ फागुन - बेनी नगरपालीका–१४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागीले ध्वस्त भएपछि म्याग्दीमा क्रियासिल दुई विद्यार्थी संगठनले स्थानीयबासीसंग सहकार्य गरी अस्थायी टहरा बनाएका छन् । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट..

स्थानीय तह सञ्चालनमा नयाँ व्यवस्था

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

लक्की चौधरी काठमाडौँ, २७ फागुन  -  सरकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।  स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा आदेश जारी गरी निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म स्थानीय तहमा सेवा प्रवाहका लागि नयाँ व्यवस्था गरेको हो । मन्त्रिपरिषद्को फागुन ९ गतेको निर्णयअनुसार सङ्घीय..

चलचित्र पत्रकार संघमा सापकोटा

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

काठमाडौं, २७ फागुन - चलचित्र पत्रकार संघ, नेपालको सातौं महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्ष पदमा विजयी भएका छन्। अध्यक्ष पदका अर्का प्रतिद्वन्द्वी लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदै सापकोटा अध्यक्षमा विजयी भएका हुन्। संगठनतर्फको उपाध्यक्षमा दिनेश सिटौला निर्विरोध विजयी भए। कार्यक्रमतर्फको..

आइतबारदेखि देशमा नयाँ संरचना

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

काठमाडौं, २७ फागुन - नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानिय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् ।संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि..

नेपालीको ढुंगाको जवाफ भारतीयले बन्दुकबाट पठायो

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

धनगढी, २७ फागुन - कञ्चनपुर पुनर्बासको नेपाल–भारत सीमाक्षेत्रमा वारि आनन्दबजार छ भने पारि बसहीबजार छ । पुनर्बास नगरपालिका क्षेत्रका बासिन्दा उपभोग्य सामान किन्न पारिको बसहीबजार जान्छन् । नुन, चिनी, कापीकलम किन्ने सर्वसाधारण मात्र होइन, खुद्रापसलेले पनि पारिबाटै सामान ल्याउँछन् । कच्ची बाटोमा..

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो

बिहिबार, फाल्गुन २६, २०७३ मा प्रकाशित

भीमबहादुर सिंह जाजरकोट, २६ फागुन - जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा दर्जनाै घाइते छन्। बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका-४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो। बस भिरबाट करिब दुई सय मिटर तल खसेको..

एसएसबीको गोलीले कञ्चनपुरमा एक नेपालीको मृत्यु

बिहिबार, फाल्गुन २६, २०७३ मा प्रकाशित

धनगढी, २६ फागुन - भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर कञ्चनपुरको पर्नवास नगरपालिका–८ आनन्द बजारका एक नेपालीको मृत्यु भएको छ। आनन्द बजारको आसपासमा निर्माण गरिएको कल्भर्ट भारतीय भूमि भएको दाबी गर्दै एसएसबीले नेपालीमाथि गोली चलाएको हो।गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का..

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

बिहिबार, फाल्गुन २६, २०७३ मा प्रकाशित

बागलुङ, २६ फागुन/१ सय ७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस बुधबार बागलुङमा पनि मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाका हक अधिकार स्थापित गर्न सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । बागलुङमा क्रियाशिल..

sidebar ad
Loading...