प्रदेश

चट्याङ लागेर दुई कृषक घाईते, ७२ भेंडा मरे

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

म्याग्दी, २ भदौ-म्याग्दीको गुर्जामा चट्याङ लागेर दुई कृषक घाइते भएका छन् भने ७२ भेंडा मरेका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका हुन् । ७ कृषकको ७२ वटा भेंडा मरेको गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर..

नेविसंघको चुनावमा बागलुङका २ जना विजयी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भदौँ - नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी सघंको ११ औ राष्ट्रिय महाधिवेशनबाट बागलुङका दूई बिद्यार्थी नेता राष्ट्रिय राजनीतिमा उदाएका छन् । प्रदेश नम्बर ४ बाट उपाध्यक्षमा डिल्लीराम सुवेदी र सहमहामन्त्रीमा हरिहर शर्मा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवै..

पेशागत सुरक्षा महासंघको मुख्य दायित्व– डा. विष्ट

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भाद्र - नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजिवि पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । ढोरपाटन दैनिकको १३औं वार्षिकोत्सवको अवसरमा बागलुङमा बुधवार आयोजित कार्यक्रममा बोल्दै बिष्टले साना लगानीकर्ता र श्रमजिवि पत्रकार पलायन..

मुस्ताङमा स्याउ उत्पादन सात प्रतिशतले घट्यो

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

मुस्ताङ, २ भाद्र - गत हिउँदमा कम हिउँ परेकाले मुस्ताङमा यसवर्ष स्याउको उत्पादन घटने भएको छ । समयमा हिउँ नपरेको, लामो सयमसम्म खडेरी तथा जिजीना मथ नामको कीराको आक्रमणका कारण फूल र पात नष्ट हुँदा गत वर्षको तुलनामा सात प्रतिशत उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा गतवर्ष..

जलाधार क्षेत्रको संरक्षणमा ५१ लाख बढी लगानी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

म्याग्दी, २ भाद्र - जिल्लाको भकिम्ली गाविसमा जलाधार क्षेत्रअन्तर्गत विभिन्न कार्यक्रममा साढे ५१ लाख रुपैयाँभन्दा बढी रकम लगानी भएको छ । जिल्ला भू–संरक्षण कार्यालय, स्थानीय उपभोक्ता र भकिम्ली गाविसमार्फत कुल ५१ लाख ५२ हजार ७४३ रुपैयाँ बराबरको जलाधार क्षेत्रको संरक्षणमा लगानी गरिएको हो । ‘स्थानीय..

आज रक्षा बन्धन

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भाद्र - आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व घरघरमा श्रद्धापूर्वक मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित..

स्वास्थ्य बिमा लागू

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भाद्र - जिल्लामा बुधवारबाट स्वास्थ्य बिमा लागु भएको छ । नेपाल सरकारले  देशका अन्य २ जिल्ला सहित बागलुङमा पहिलो चरणमा सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ बिमा लागु भएको हो । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बागलुङले धौलागिरी अञ्चल अस्पतालमा आउने आजको पहिलो बिरामी तथा..

रिखार दैनिक प्रकाशन

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

मुस्ताङ, २ भाद्र - जिल्लाको बेनीमा बुधबारदेखि ‘रिखार’ दैनिक प्रत्रिकाको प्रकाशन सुरु भएको छ । गोपाल छन्त्याल प्रकाशक तथा सम्पादक रहेको ‘रिखार’को प्रकाशन सुरु भएको हो । कुईनेमंगले गाविसमा रहेको धार्मीक स्थल रिखारको नामबाट प्रत्रिकाको नामाकरण गरिएको छ । जिल्लाको विकास निर्माण, कृषि, पर्यटन, उर्जा,..

कता खर्चन्छन्, सांसदको बजेट ?

बुधबार, भदौ १, २०७३ मा प्रकाशित

बागलुङ, १ भाद्र - गत आर्थिक बर्ष २०७२/०७३ मा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बलेवा क्षेत्र सडक सुधार तथा विस्तार कार्यक्रम अन्र्तगत ३० लाख रुपैयाँ खर्च भएको सडकमा स्थानीयले अहिले सास्ती खेपेर हिड्न बाध्य छन् । दुइ दशक अघि खुलेको कुश्मीसेरा जाने सडकमा समेत सवारी नचलेपछि कुश्माको..



sidebar ad
Loading...