प्रदेश

चीनसँग कनेक्टिभिटी बढाउन किमाथान्का सडक निर्माणमा राष्ट्रपतिको जोड

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

संखुवासभा, ६ मंसीर - राष्ट्रपति विद्यादेबी भण्डारीले छिमेकी मुलुक चीनसँगको कनेक्टिभिटी बढाउन मद्दत पुग्ने किमाथान्का–विराटनगर सडक निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । संखुवासभाको चिचिलाडाँडामा सोमबार आयोजित मकालु हिमालको हिरक महोत्सवलाई सम्बोधन गर्दै..

झारफुकको निहुँमा किशोरीमाथि बलात्कार

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

बनेपा, ६ मंसिर - झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पीडितका आफन्तले दिएको उजुरीका आधारमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमबार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज..

बागलुङमा मिनी संसदको अभ्यास

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

बागलुङ, ६ मंसिर - युवा नमूना संसदका प्रमुख प्रतिपक्ष दलका नेता बिषेश पराजुलीले सरकारका कामकारवाहीमा ढीला सुस्ती भएको टिप्पणी गर्दा सांसदहरुले तालीको बर्षा गरे । जरुरी महत्वका मुद्दामा पनि सरकार मौन रहेको भन्दै टिप्पणी सहित ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले तत्काल काम थाल्ने प्रतिवद्धता..

दर्लिङका युवा सामाजिक काममा

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

बागलुङ, ६ मंसिर - जिल्लाको दर्लिङ गाविस निगल्पानीमा गठित धौलागिरी विकास युवा क्लब नौमति बाजा संरक्षणसंगै सामाजिक कार्यमा सक्रिय बनेको छ । २०६७ सालमा गठित क्लबले निगल्पानी तथा आसपासमा परम्परागत नौमती बाजा संरक्षणसंगै सामाजिक कार्यमा सक्रिय भएको हो । पछिल्लो समय त्यस क्षेत्रमा बसोबास गर्ने दर्जी..

यसरी मनाइन्छ न्वागी मेला

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

बागलुङ, ६ मंसिर - जिल्लाको ग्वालीचौरमा मनाईने साँस्कृतिक महत्वको ऐतिहासिक न्वागी मेला सुरु भएको छ । यो मेलालाई पौदीबासीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन । मेलामा लाखौंको कारोबार हुने गरेको छ । स्थानिय उत्पादनको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।..

मन्त्रीको टोलीमा पारेर अमेरिका पुर्‍याउँछु भन्दै ठग्दै

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

जनकराज सापकोटा काठमाडौँ, ६ मंसिर - मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्‍याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्‍याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख रुपैयाँ बुझाए । उनीहरू दुवै त्यतिबेला झसंग भए,..

त्रिपुरेश्वर महादेव मन्दिर बिहुँमा नवाह ज्ञान महायज्ञ हुने

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

बागलुङ, ५ मंसिर - जिल्लाको बिहुँकोट गाविसमा रहेको श्री बिहुँकोट अमर क्यापसको भौतिक पूर्वाधार निर्माण एवं क्याम्पस संचालनार्थ यही मंसीर २८ गते देखि पौष ६ गतेसम्म धान्याचल नवाह ज्ञान महायज्ञ हुने भएको छ । यस महायज्ञमा प्रमुख बाचक श्री हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश एवं अध्यक्ष श्री १००८ स्वामी..

भोजपुरमा आइतबार अपरान्हदेखि भीषण आगलागी

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

भोजपुर, ५ मंसिर - भोजपुर बजारमा आइतबार अपरान्हदेखि भीषण आगलागी भएको छ । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । आज अपरान्ह साढे चार बजेदेखि भोजपुर बजारको भोटेपसल लाइनमा लागेको आगलागीले अहिलेसम्म तीनघर पूर्ण रुपमा जलेको छ । बजारमा घनाबस्ती रहेकोले आगो निभाउन कठिनाइ भइरहेको भोजपुर प्रहरीले..

गाविस सचिवको हात–हातमा फरार अभियुक्तको सूची

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

पर्वत, ५ मंसिर - पर्वत जिल्ला अदालतले अदालतले फैसला गरेर सजाय सुनाइएका फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिन अभियान थालेको छ । अभियानका क्रममा अदालतले जिल्लाका प्रत्येक गाविस र नगरपालिकाका कार्यालय तथा सचिवहरुलाई फरार अभियुक्तको सूचि वितरण गरेको छ । २०३६ सालदेखि अदालतले सजाय तोकेका व्यक्तिहरु..

साझेदारीको नवौं साधारणसभा

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

बागलुङ, ५ मंसिर - सांसद प्रकाश शर्मा पौडेलले सहकारी मार्फत स्थानिय उत्पादनलाई अगाडी बढाउनुपर्ने बताएका छन् । साझेदारी बहुउदेश्यिय सहकारी संस्था बागलुङ्गको नवौ साधारणशभाको उद्घाटन गर्दै उनले सर्वसाधारणको जीवनस्तर उकास्ने गरी सहकारी सघंसंस्थाले काम गर्नुपर्नेमा जोड दिए । राज्यले सहकारीलाई ३..

sidebar ad
Loading...