राष्ट्रिय

स्थानीय निकायको निर्वाचन वैशाख अन्तिम साता – प्रचण्ड

बिहिबार, माघ १३, २०७३ मा प्रकाशित

पर्वत, १३ माघ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उनले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको..

विद्युतमा अप्रेसन-२ हजार ४ सय ८० कर्मचारीको सरुवा

बिहिबार, माघ १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ माघ - विद्युत् चोरीमा कर्मचारीको संलग्नता भेटिएपछि नेपाल विद्युत् प्राधिकरणले बुधबार दुई हजार चार सय ८० कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत वितरण केन्द्रका कर्मचारीको सरुवा गरेको हो । सरुवा भएका सबै मिटररिडर हुन् । विद्युत् चोरीमा..

संशोधन प्रस्तावमा एमाले लचिलो

बिहिबार, माघ १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ माघ - संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी एमाले लचिलो देखिएको छ । तर, त्यसनिम्ति पहिले स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको सर्त छ । यसअघि ८ माघमा कांग्रेस, एमाले र माओवादी केन्द्रले १५ माघभित्र स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनसँग जोडिएका कानुन..

प्रहरीका ३९ एसएसपीको सरुवा, को–कहाँ (सूचिसहित)

बिहिबार, माघ १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ माघ - नेपाल प्रहरीका ३९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । बुधबार गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षमा बसेको बैठकले  उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालयमा कार्यरत नारायणसिंह खड्का प्रहरी प्रधान..

अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ माघ - माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दुतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने सम्मान हो..

जेनेभाबाट स्वास्थ्य मन्त्री थापाको ८ बुँदे अपिल

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ माघ - स्वास्थ्य मन्त्री गगनकुमार थापा यतिबेला विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्ड बैठकमा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डको जेनेभामा छन् । उनी जेनेभामा रहेको समयमा सरकारले हालै ल्याएको डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ओभरटाइम..

दुई विधेयक पारित, निर्वाचनका लागि कानुनी ढोका खुल्यो

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ माघ - आगामी माघ ७ गतेभित्र स्थानीय तह,  प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको छ। व्यवस्थापिका–संसद्को वुधवारको बैठकले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेसँगै निर्वाचनका लागि कानुनी आधार तयार भएको..

स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये १ महिला अनिवार्य

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

राजेन्द्र फुयाल काठमाडौँ, १२ माघ - स्थानीय तहको निर्वाचनमा जिल्ला सभाका प्रमुख/उपप्रमुख, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये एक पदमा अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने भएको छ । संसद्को राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिले स्थानीय तहको निर्वाचनसम्बन्धी..

निर्वाचन तत्काल घोषणा नहुने,प्रधानमन्त्री किन पछि हटे ?

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ माघ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनर्लेखन नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने जनाउ दिएपछि निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पछि हटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले..

थ्रेसहोल्ड नराख्न सभापतिलाई ‘थर्काए’पछि…

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ माघ - थ्रेसहोल्ड नराख्न साना दलले राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई मंगलबार ‘थर्काए’ पछि दल दर्तासम्बन्धी विधेयक रोकिएको छ । समितिले मंगलबार नै उक्त विधेयक पारित गरी संसद्मा पेस गर्ने तयारी गरेपछि साना दलले थ्रेसहोल्ड नराख्न र राखे ‘जे पनि गर्ने’ भनी सभापति घर्तीलाई..

sidebar ad
Loading...