राष्ट्रिय

नेपालले तोड्यो तटस्थता, लियो भारतको पक्ष

आइतवार, अशोज १६, २०७३ मा प्रकाशित

काठमाडौं,१६ असोज - भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा..

आज दसैंको पहिलो दिन, जमरा राख्ने शुभसाइत ०८:३५ बजे

शनिबार, अशोज १५, २०७३ मा प्रकाशित

बागलुङ, १५ असोज- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी..

कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्तिम संस्कार गरियो

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ असोज - पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको कुशको शब बनाएर अन्तिम संस्कार गरिएको छ। गत आइतबार चितवनको दारेचोक–३ घोप्टेभीरबाट गाडी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइहरु मोहन र प्रकाश घिमिरेको कुशको शव बनाएर शुक्रवार अन्तिम संस्कार गरिएको..

आफैले फेल गराएको तीन विधेयक बहुमतले पारित

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ असोज-व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको आजको बैठकमा ती..

सार्क सम्मेलन स्थगित गर्ने पाकिस्तानको घोषणा

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ असोज-भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ । भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क..

सर्वोच्चद्धारा ‘उजुरी तामेलीसम्बन्धी मापदण्ड’ कार्यान्वयनमा रोक

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४असोज - सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगले बनाएको ‘उजुरी तामेलीसम्बन्धी मापदण्ड' कार्यान्वयनमा रोक लगाएको छ । उक्त मापदण्ड लागू भए आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा..

सरकारले एकै दिन बाँड्यो आफू निकट व्यक्तिलाई एक करोड

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौँ, १३ असोज-सरकारले आफू निकट व्यक्तिलाई उपचार खर्चका नाममा एकै दिन एक करोड तीन लाख रुपैयाँ बाँडेको छ। असोज  २ गते  बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो। गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो।..

ओली सरकारकै ‘बजेट’लाई प्रचण्ड सरकारले दियो निरन्तरता

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

संसदलाई बच्चाबच्ची खेल्ने थलो बनाइयो - रवीन्द्र अधिकारी  काठमाडौँ, १३ असोज - सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएका बजेट आश्रित आर्थिक विधेयकलाई सरकारले निरन्तरता दिने भएको छ । व्यवस्थापिका संसदको बिहिवार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेट आश्रित..

सरकारले तोकेको मापदण्ड विरुद्ध आयोगकै सदस्य सर्वोच्चमा

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौँ, १३ असोज-सरकारले स्थानीय निकायको पुनर्संरचना गर्दा इलाकालाई मापदण्ड मानेर काम गर्न निर्देशन दिएपछि स्थानीय निकाय पुनर्संरचना आयोगमा विवाद चुलिएको छ । आयोगका एकजना सदस्यले सरकारको उक्त निर्देशन संवैधानिक मान्यता विपरीत रहेको भन्दै आफूले अस्विकार गर्ने जनाएका छन् । आयोगका सदस्य अधिवक्ता..

स्थानीय तहको पुनर्संरचनामा सरकारको तीनबुँदे सुझाव

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

बागलुङ, १३ असोज-सरकारले स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगलाई मापदण्ड परिवर्तन भएको पत्र दिएको छ। आइतबार सत्तारुढ दलहरू नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच भएको सहमति र मङ्गलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार पत्र आयोगलाई दिइएको हो । पत्रलाई..

sidebar ad
Loading...